लघुकथा : गणतन्त्र

विवेक शर्मा गौतम टोखा -३ काठमाडौं। २०८० जेठ १७ गते १०:३४ मा प्रकाशित

गणतन्त्र भनेको के हो ? भन्दै ऊ एका विहानै टोल भरीका सबैलाई प्रश्न गर्दै हिड्‌यो । मलाई यसको जवाफ आजै चाहिन्छ भनेर सुनाउँदै टोल भरी घुम्यो ।


कसैले लिखित जवाफ बुझाए । कसैले बस्तु नै बुझाए । कसैले पुरानो चामलको बोरा बुझाए । कसैले नून तेल घिउ सावुनका खोलहरुका बट्टा बुझाए । कसैले तेल महङ्गी भएर मोटरसाइकल गाडी बुझाए । कसैले फोहरको बाल्टी बुझाए । कसैले च्यातिएका कपडा बुझाए । कसैले एकै जनाले पाँच छ वटा घरका लालपूर्जा बुझाए । कसैले रगताम्य खुकुरी बुझाए । कसैले घुस खाएका प्रमाण बुझाए |

उसलाई अति दु:ख लाग्यो । समाज जर्जर अवस्थामा रहेछ । अब कसरी सुधार गर्न सकिन्छ भन्ने खुल्दुली भयो । उसले गणतन्त्रको विकृति विसंगतिलाई सफा गर्न के गर्नु पर्छ भन्दै टोल भरी फेरी प्रश्न गर्दै हिड्यो । यसको जबाफ तुरुन्त बुझाउने पर्ने उर्दी जारी गर्दै हिड्यो ।

कसैले हतकट्टी बुझाए । कसैले जेल घरको डमी बुझाए । केहिले फाँसीको डोरी बनाएर बुझाए । कसैल बन्दुक बुझाए । कसैले नियम विनियम बुझाए । कसैले स्वच्छ संसाद र मन्त्रीको डमी बुझाए ।

“अब थाहा भयो गणतन्त्रको रक्षाको लागि के गर्नु पर्छ” भन्दै ऊ दुई हजार बहत्तरमा जारी भएको संविधानको अफिस भित्र पस्यो ।
(गणतन्त्र दिवशको सन्दर्भमा )
२०८० । ०२ । १५

प्रतिक्रिया