गणतन्त्र दिवसकाे अवसरमा विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० जेठ १६ गते २१:१३ मा प्रकाशित

काठमाडाैँ,

टुक्का साहित्य समाजकाे आयाेजना २०८० जेठ १५ गते गणतन्त्र दिवस विशेष टुक्का कविता लेखन श्रृङ्खला ४५ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट ६७ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे । सहभागीहरूले लाेकतन्त्रमा देखिएकाे विकृति माथि खबरदारी गर्दै चाेटिला टुक्का कविताहरू सिर्जना गर्दै शुभकामना आदान प्रदान गरेकाे थिए ।

टुक्का साहित्य समाजले चाडपर्व उत्सव लगायत विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी सम्पूर्ण टुक्कारहरूलाई धन्यवाद दिँदै विगतमा भएका सबै किसिमका नकारात्मक कुराहरूलाई छाेड्दै सकारात्मक कुराहरू अङ्गालेर आफूमा उत्साह, उर्जा र जाेस भरेर बेथिति, विकृति, विसङ्गति विरुद्ध सचेतना फैलाउदै हाम्रा कलमहरू साहित्य श्रृजनामा अविरल लगाइरहाैँ भनेर आव्हान गर्नुकाे लाेकतन्त्र दिवसकाे अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

विशेष टुक्का कविता लेखन कार्यक्रममा सङ्कलन गरिएका टुक्का कविताहरू

[१]
१.
देश खानेहरूको लागि भ्रष्टाचार नै भो गायत्री मन्त्र,
जनतालाई लाग्छ कानुन नेताको खल्तीमा गणतन्त्र ।
२.
फुट्न लागे नेताको भुँडी देशको ढुकुटी खाई ,
गणतन्त्र के चीज हो थाहा छैन जनतालाई ।
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ ।
[२]
१.
जुनै तन्त्र आएपनि मिल्याे केवल घुस्सा
जनतालाई हात्ती आयाे, हात्ती आयाे फुस्सा ।
२.
गरिब अझै गरिब बने, धनी अझै धनी
सञ्चाे भएन घाउ झनै, गयाे नासुर बनी।
✍️ वसन्त अनुभव
[३]
गणतन्त्र हाेइन याे त धन तन्त्र पाे भयाे
कमाउने नेताले गर्दा देशकाे शान गयाे ।
✍️ दीपक ठटाल जलन
खरसाङ
[४]
गणतन्त्र जनताको मुक्ति निम्ति हुनुपर्ने
कठै ! टाठा बाठाले मनपरी शासन गर्ने ?
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा ४, ललितपुर ।
[५]
१.
एउटा पाल्न गाह्रो भन्थे लाखौँ पाल्नु पर्ने
कसोगरि जनताले यिनका पेट भर्ने ।
२.
गणतन्त्रको निहुँ पारेर अखण्ड देश सके लुटे
यसलाई ल्याउने निहुँमा कति सोझा जनता भुटे ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[६]
१.
प्रजातन्त्र पातको चङ्गा,
गणतन्त्र अचाक्लि नङ्गा।
२.
हेर्दा राम नाम सत्य जस्तो,
लोकतन्त्र यो खै कस्तो कस्तो।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[७]
१.
उन्नाइस जना अपराधीले माफि पाए धन्य भयो,
जनतालाई यो सरकारबाट विश्वास पनि गयो।
२.
देशभक्त र शहिदको आत्मा रोएको होला आज,
देखेर गुण्डाहरूको आज टाउका माथिको ताज।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[८]
१.
घुस खाने घुस दिने भयो मूल मन्त्र ,
भ्रष्टाचार अभियान भयो गणतन्त्र ।
२.
रगतको खोलो बगाई भयो स्थापना गणतन्त्र,
इतिहासमा भ्रष्टाचारको राम्रो रह्यो शुद्ध मन्त्र।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[९]
१.
गणतन्त्र आयो भन्छन्, अचेल लुटतन्त्र छ चलेको
नेताहरूका काम देख्दा जनताको मन छ जलेको ।
२.
एउटा राजा फ्याँकेर यहाँ हजारौँ राजा पाल्दैछौँ
बाहिर केही नबोलेर मन भित्रै आगो बाल्दैछौँ ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[१०]
१.
खुसी भएका थियौं हामी आयो भनि गणतन्त्र
अहिले हेर्दा देखिएन कुनै नयाँ मूलमन्त्र।
२.
पहिला राजा एउटा थिए भने अहिले छन् राजा धेरै
जस्ले धेरै भ्रष्टाचार गर्छ उसैलाई नेता भन्छन् मेरै।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः- अमेरिका, बोस्टन।
[११]
गणतन्त्र देशमा आयाे याैटा राजा फालेर
थुप्रै राजाहरू सतहमा आए मुख बाएर ।
✍️ म्यामराज राई
भाेजपुर
[१२]
१.
लेखाइमा गणतन्त्र लेख्ने
जनतालाई केही नदेख्ने।
२.
नेताले गणतन्त्र भन्दै कुम्ल्याउने र रमाउने
जनतालाई पीडा थपी सास्तीकाे भारी थमाउने ।
✍️ प्रेम थापा ‘मन’
बागलुङ
[१३]
१.
गणतन्त्र भजाएर देशलाई लुटी खाए हजुर,
निले यती ॐनी अनि पशुपतीको सुनको गजुर।
२.
एउटा राजा फाले यिनले हजार महाराजा भए,
ज्यानमारा र हत्यारालाई बचाउन यि सती गए।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[१४]
१.
देशमा याे गणतन्त्र कस्तो,
आयाे झनै भाँडभैलाे जस्तो ।
२.
जुनै तन्त्र आए पनि जनताको दुःख गएन,
पञ्चायत नै ठिक थियो कि तर भन्न भएन।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१५]
१.
तीन कुमाईकाे रजाईँ गनतन्त्र कजाई
एकराजा थिए अाठ राजाले खायाे भजाई ।
२.
गन तन्त्रमा आफ्नाे आफन्त भन्दा अरुले केही नि पाएन
भुटेर जनता लुटे देश, लाज सरम कहिले आएन ।
✍️ दिलीप याेन्जन तामाङ
[१६]
नक्कली यो गणतन्त्र यहाँ जनता ढाँटिरहन्छ,
जनभावना कुल्चिरहने हिम्मत आँटिरहन्छ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१७]
१.
राजा फालेर गणराजा ल्याए जस्तै भयो
शहिदको त्याे बलिदान त्यसै खेर गयो ।
२.
अन्याय हुदा न्याय पाइन्न खान छैन अन्न
आज गणतन्त्र दिवस हो लाज लाग्छ भन्न।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[१८]
१.
उ बेला कुर्लन्थ्यौ साथ दिनुहोस् भन्दै , दिन्छौ स्वतन्त्र
जस्ताको त्यस्तै छ, खोइ न्याय यही हो त गणतन्त्र ?
२.
झुक्यायौ जनतालाई दिन्छु भनि अधिकार
माथि पुगेर किन विचार फेर्यौ सरकार ?
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[१९]
अपराधीलाई माफी मिनाहा गणतन्त्रको फाइदा,
जनतालाई पाे सास्ती भएकाे छ नेतालाई काइदा।
✍️ मित्र उराठी गाैतम
[२०]
१.
धेरै नै तन्त्रहरू आए,
काम नगर्दै पाखा लाए।
२.
खै त तिम्रो गणतन्त्र कहाँ पो आयो,
बेल त पक्यो तर कागले के पायो।
✍️ नानीबाबा अधिकारी
काठमाडौं
[२१]
१.
घुसखोरी प्रकरणमा आउँने यिनैको स्वतन्त्र
अपराधीका ठेकेदार ढाक्ने रहेछ गणतन्त्र ।
२.
राजनीतिमा पतन हुने बाटो खोले काफी
जन्म कैदीलाई दिन थाले यिनै आममाफी।
✍️डिल्ली राज घिमिरे
अर्घाखाँची
[२२]
गणतन्त्र आयो भन्दै यहाँ बजाउँछन् बाजा
राजतन्त्रमा भन्दा धेरै पुगिसक्या छन् राजा ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[२३]
सहिदको बलिदानबाट गणतन्त्र आयो सबैमा खुसी छायो
दलगत स्वार्थले गर्दा नेपालको जनताले आज दुख पायो ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[२४]
१.
पालैपालो घुस खाने खोजिराछन् मन्त्र
सबैलाइ मस्ति भएको छ गणतन्त्र ।
२.
गणतन्त्र आएपछि छाडा हुन पाए
आलो पालो सबै मिली सिंगै देश खाए।
✍️ सरिता सेढाइ
धादिङ
[२५]
१.
झर्को लाग्यो गणतन्त्र ,
चर्को भयो मनतन्त्र ।
२.
त्यत्रा मान्छे मारेर गणतन्त्र ल्याइएको किन ?
भ्रष्टाचारी र ज्यानमारालाई छुटकारा दिन ।
✍️ बिबस पारदर्शी
झापा
[२६]
१.
जनताको माग पुरा गर्ने हुनु पर्ने हैन र मन्त्र ?
नेताको मात्र भलो गर्ने कस्तो हो यहाँको गणतन्त्र?।
२.
शान्ति क्षेत्र जस्तेा विश्व चिनाउने काम समेत खारियो
न्याय निसाफलाई समेत कसैको दान जस्तो पारियो।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[२७]
१.
नेपालमा सुशासन छैन बिग्रदो छ मती
मिलेमतोमा भ्रष्टाचार जनताको दुर्गती।
२.
गणतन्त्रको नारा जप्न थालेको दुई बिसे भयो
होला केही भन्दै धेरै समय भद्रगोलमै गयो।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[२८]
१.
मिलिजुली बाँधेका छन् रक्षा कवच यन्त्र
नेता मात्रै मौलाउने कस्तो यो गणतन्त्र?
२.
दीन दुखी जनताहरूलाई सधैँको अभिशाप
अपराधीलाई मात्र भयो गणतन्त्र फलिफाप l
✍️ बाबुराम गौतम
गुल्मी
[२९]
१.
पहुँचवालालाई गणतन्त्र भयो फलिफाप ,
गरिब दुखीलाई गणतन्त्र भयो अभिशाप ।
२.
चोखीजा पाप भन्दै धोइपखाली पार्यो ,
गणतन्त्रको नाउँमा न्यायालय मार्यो ।
✍️ बिके माकजु
भक्तपुर ।
[३०]
सोझिएन कठैबरा! कुकुरको पुच्छर
पन्ध्र वर्ष भए पनि, गणतन्त्र दुच्छर।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली न.पा-९ काठमाडौ ।
[३१]
१.
हिजो जस्ताे अवस्था थियाे, आज झनै बिग्रियाे
जनलाई सधैँ पीडा खप्न बाध्य पारीदियाे ।
२.
नेपालीको पहिचान यही भन्थे गणतन्त्र
भ्रष्टाचारको संरक्षणमा बनाएछन् यन्त्र ।
✍️ रश्मि रिमाल
झापा
[३२]
१.
आज नै गणतन्त्र स्थापनाकाे खुसियालीमा छुट्टी थियाे,
प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र सबैले धाेका दियाे।
२.
सपना परिवर्तनकाे साँच्चै सपना सपना नै भयाे,
थाहा पाउँदा पाउँदै सरकारकाे धेरै याेजना गयाे।
✍️ पुष्पा राई
खाेटाङ।
[३३]
भेडासँग बस्याे भेडा बाख्री बाख्रासँग बसी
कहाँ पाउछ जनताले ? सुक्छ न्यायकाे मसी ।
✍️ शम्भु ढकाल
सूर्याेदय न.पा.१२, आठघरे ईलाम
[३४]
१.
राजतन्त्र लाेकतन्त्र यसमाथि गणतन्त्र
जनताकाे कहाँ गयाे अधिकार चाेखाे मन्त्र।
२.
गणतन्त्र नाम मात्र हैकमवादी शासन चल्छ
पूर्वकाे पहिचानमा जनताकाे अधिकार बल्छ।
✍️ एवाइ प्रभात
शहिदभूमि ३, छेन्ताङ धनकुटा
हाल माेरङ
[३५]
१.
गणतन्त्र आयाे केही होला भनेको,
हात्ती आयो हात्ती आयो फुस्सा बनेको ।
२.
नेता होइन यी हुन अत्याचारी
देश अनि जनता भए भिखारी।
✍️ रुना कर्माचार्य दाहाल
नारायणघाट
[३६]
१.
भ्रष्टाचारको दियो बाल्दै आयो गणतन्त्र
कलियुगका बाहुनको सकिएछ मन्त्र ।
२.
किन आयो गणतन्त्र देश सक्न बाबु
सङ्घीयता झेल्नुपर्दा सबै भए काबु ।
✍️ दस्ता कौशिक
पाँचथर।
[३७]
१.
अन्यायमा न्याय नपाइने कस्तो गणतन्त्र?
फकाएर कुम्ल्याउने नेताहरुको हो मन्त्र।
२.
पञ्चायतमा पो न्याय मिल्दथ्यो!भन्छन् ऐले बल्ल
गणतन्त्रमा न्याय खोज्दा न्यायालय अल्लमल्ल।
✍️समुद्र
[३८]
खै उनीहरूले जानेका छन् सबै मन्त्र
आएर के गर्नु देश लुट्ने गणतन्त्र ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[३९]
१.
आठ हजार लडाकुलाई पैँतिस हजार देखाए
अरबौँ देशको ढुकुटी लुटि देशै कङ्गाल बनाए।
२.
गणतन्त्रमा भ्रष्टाचार दुबोसरि मौलाउँदै
रिनको भारी थेग्नै गाह्रो जनता छन् बौलाउँदै।
✍️ ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[४०]
१.
जालन्धर रूपी विष्णुले कलियुग छकाउन आएछ गणतन्त्र
वृन्दाको मनमा असङ्ख्य मृग तृष्णा जगाउन लाएछ मनतन्त्र ।
२.
संस्कार संस्कृति बचाउ भगवान रूपी गणतन्त्र आयो
विसङ्गति विकृतिले जरा गाड्यो वृन्दाको मनतन्त्र छायो।
✍️ टिकाराम पुन टिपु
सल्यान
[४१]
१.
आयो अरे ल्याए रे त अर्थ बिनाको गणतन्त्र ,
सामन्तवादी साेच मन्त्र राखेर पुरानो यन्त्र ।
२.
खाओ लुछ मातृभूमिलाई मिलि मिलाई यन्त्र ,
भ्रष्टाचार नै हो लगाओ न लाेकतन्त्रकाे जन्त्र ।
✍️ रामप्रसाद पुरी
बादेल,खाेटाङ
[४२]
यस्तै शासन गणतन्त्र चलाउनेलाई मुर्दावाद,
भित्रभित्रै काला कर्तुत लुकाउनेलाई गर्छौं याद ।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[४३
१.
विदेशीका रिमाेटबाट शासन यहाँ चल्छ
लुटेरा र घुसखाेरीले के गरि आँखा छल्छ।
२.
ज्यानमारालाई जाेगाउने यिनका तन्त्र मन्त्र
सानालाई मात्र लाग्ने ऐन रहेछ गणतन्त्र।
✍️ काेपिला अधिकारी
[४४]
जताततै हेर्दा भाँडभैलाे मात्र देख्छु ,
देश जनकाे हितमा छैन भनि लेख्छु ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[४५]
१.
गणतन्त्र लोकतन्त्रले केही दिएन देशमा भ्रष्टाचार बढ्यो
हरेक नेपालीको टाउकोमा विदेशी ऋण बेरोजगारी चढ्यो।
२.
गणतन्त्र आयो केही होला देशमा कृषि आर्थिक वृद्धि होला
नेता धनी देश कङ्गाल भयो केही वर्षमा विश्व कीर्ति छोला।
✍️ चुडामणी देबकोटा
चनपा १३ नैकाप काठमाडौ।
[४६]
१.
धेरै गरे राष्ट्रसेवकले दु:खकाे नै सामना,
गणतन्त्र दिवसको सबैलाई शुभकामना।
२.
खै के जपेका हुन नेताहरूले मन्त्र,
कस्तो खाले रहेछ हजुर गणतन्त्र।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रूपन्देही
[४७]
१.
लुटेर खाने भाँडाे जस्तो ,
जाग्याे यिनकाे खाँडाे कस्तो ।
२.
मुलमन्त्र घाँडाे जस्तो ,
गणतन्त्र ठाँडाे कस्तो ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४८]
नेताका बिग्रदो मतिले देश झन् झन् उँधाे गयाे
देशका जनताहरू भने रुनु न हास्नु भयाे ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[४९]
सयाैँ जना राजा हुने गणतन्त्र आयो ,
हाँसो खुसी जनताको लुछी लुछी खायो ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५०]
बन्न पुग्यो गणतन्त्र, नेताका लागि मनपरी तन्त्र,
बुझ्नै भो गाह्रो यो पन्ध्र वर्ष, विचित्रको यो गणतन्त्र ।
✍️ ज्ञान बहादुर क्षेत्री
[५१]
१.
हात्ती आयो हात्ती आयो,फुस्सा गणतन्त्र
पालैपालो राजा बनि देश लुट्ने मन्त्र ।
२.
गणतन्त्र चाहिंदैन,गरिखान देऊ
सक्छौ भने कर्म गर,अब शान्ति लेऊ।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५२
१.
बाँच्न सकिन्न यहाँ त सिधा बाटो गए,
कसलाई राम्रो ठान्नु सबै चोरै भए।
२.
कस्तो लाजको पसारो पहुँच बाहिर हुदा सबैलाई वादा,
पहुच भए बलात्कारी हत्यारा अनि भ्रष्टाचारीलाई खादा।
✍️ शंकर कार्की
मकवानपुर।
[५३]
१.
गणतन्त्रमा मुक्ति र मुद्दा कहाँ एउटै हाेर कुरा ?
अपराधी छुटे मुक्ति खाेज्नेका सपना भए अधुरा ।
२.
समन्याय, समानता अनि आत्मीयता बढाेस्
गणतन्त्र सुदृढ भई अझै माथि नै चढाेस् ।
✍️ एस वि प्रगति
झिमरुक, प्यूठान
[५४]
गणतन्त्र भयो गाँड, देशलाई रुहाउने
जनताको हियो चुँड्दै नेतालाई खुवाउने।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[५५]
केका लागि गणतन्त्र समानता अधिकार आउन्न
अब त जीवन जोगाउँ सोझासाझाले न्याय पाउन्न।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[५६]
१.
जपेका छन् सांसदले ठगेर खाने मन्त्र
अफाप सिद्ध भयो नेपालमा गणतन्त्र।
२.
छोटे राजाहरुको निकै नै हालीमुहाली देखियो
देशकै बेईज्जत् ईतिहासमा भ्रष्टाचारी लेखियो।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३ काभ्रे
[५७]
१.
सरकार भएर देश हाँक्नुपर्छ
गिद्धे नजर टाढैदेखि भाग्नुपर्छ।
२.
कहिल्यै कानुन फेरी गणतन्त्रको हत्या नगर
सकेसम्म नेपाल आमाको आँखामा धुलो नछर।
✍️ रतन पाण्डे ‘पारतन’
दार्जीलिङ।
[५८]
१.
नेपालमा खै यो कस्तो गणतन्त्र छायो
ज्यान माराहरूको शासन मात्र आयो ।
२.
पालैपालो देश लुट्ने कस्तो हाेला तिम्रो यन्त्र
कहीँ नभएकाे घाेडे जात्रा भयो गणतन्त्र ।
✍️ दुर्गा भट्टराई
मोरङ
[५९]
१.
ज्यानको बाजी राखेर आन्दोलनमा हाेमिएका
आयाे गणतन्त्र तर बरै! जनता छन् ठगिएका।
२.
शान्तिकाे खाेजीमा आज राेयाे प्रजातन्त्र
सबै राजा सरी खै! कता गयाे गणतन्त्र ।
✍️ रमादेवी बानिया
कटुन्जे-५, भक्तपुर ।
[६०]
१.
गणतन्त्र दिवश के को लागी मनाउँछौ,
षड्यन्त्रलाई फ्री सोझा बाहिर बनाउँछौ।
२.
फटहा र मानव हत्याराको लागि बनायो गणतन्त्र,
सोच्दैछु महोदय बरु ल्याउँनुपर्छ अब राजतन्त्र।
✍️ कमला
झापा
[६१]
नेताले हामीलाई हाेइन हामीले नेतालाई पाल्ने
कलियुगकाे गणतन्त्र नेपालबाट कहिले फाल्ने ?
✍️ मगर्नी केटी साेनु
[६२]
१.
गणतन्त्रको नेपालमा नारा भयो सस्ताे
सार्वजनिक विदा मात्रै अरु उही जस्ताे।
२.
जनताको शासन हामीले देख्न पाउने हाे कहिले ?
नाम मात्रकाे गणतन्त्र दिवस मनाइयाे अहिले।
✍️ देवी ढुङ्गेल
[६३]
वीरहरूकाे बलिदानले लाेकतन्त्र आएकाे
अवसरवादी भ्रष्ट नेताका सुदिन छाएकाे ।
✍️ भाेलामान बर्देवा
सुनसरि धरान ८
[६४]
निर्दाेषलाई फसाउँने कस्ताे गणतन्त्र
भ्रष्टाचार र देश बेच्ने भयाे मूलमन्त्र।
✍️ दीपा शाही रावल
कैलाली
[६५]
१.
गणतन्त्र जनताको हो भनेर विश्वास गरियो,
सप्रिए नेताहरू मात्रै, जनता ज्यूँदैमा मरियो।
२.
उज्यालो ल्याएन गणतन्त्रले ऊ आफैँ रहेछ कालो,
जनता रुमलिने अँध्यारोमा, सोहोर्ने नेताको सालो।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[६६]
१.
गणतन्त्र मुलुकमा त कसको केही लाग्दैन ,
पहिला हेर गणनायक अरू कोही जाग्दैन ।
२.
गणतन्त्र मुलुकमा बसेर गणको कुरा कसले सुन्ने ,
नायकहरूको भिडम्भिडमा समाजवाद कसरी चुन्ने ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[६७]
१.
पालै पालाे राजा बन्ने याे कस्ताे मूलमन्त्र
देश लुट्न मिलेमताे यही हाे गणतन्त्र ?
२.
आफ्नालाई निर्दाेष देख्ने चस्मा हटाइदेउ सरकार
गरिबलाई मात्र कानुन लाग्ने कस्काे हाेला दरकार ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया