गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा गर्दा सांसदले ताली बजाए, सभामुख हाँसे

इनेप्लिज २०८० जेठ १६ गते ११:१७ मा प्रकाशित

काठमाडौं । सरकारले गाँजाखेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।

औषधि प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । उनले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए ।

प्रतिक्रिया