राकेशले सेना आउ देश बचाउ भन्दै काठमाडौंमा गरे पाँचायण पुजा !

इनेप्लिज २०८० जेठ १६ गते ०:५८ मा प्रकाशित

जेठ १४ गते आइतबार

राकेशले भने नेताहरू र सांसदहरूबाट भएको मानव तस्करी कार्यले नेपालीहरुको स्वाभिमानमा आँच आएको छ । नेताहरू र सांसदहरुले नेपाली नागरिकहरुको बेचबिखन गर्ने मानव तस्करको कार्यले विश्वभर नेपालीको शिर निहुरिनु र लज्जित हुनुपरेको छ । शर्माले सेनालाई गुहार्दै सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ भने, उनले भने म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी भने होईन । मुलुकमा नेताहरू र सांसदहरूबाट नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको व्यापक दुरुपयोग भएको छ । नेताहरू र सांसदहरूबाट मुलुकले आजसम्म निकास पाएन । नेताहरूको कारण मुलुक संकटमा परेको छ । नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकको अन्तिम विकल्प भनेको नै सैनिक शासन हो । सेना आउ देश बचाउ । मुलुकको नेताहरूमा विश्वसनीयता देखिएन । नेताहरूले भुटानी शरणार्थीको नाममा मानव तस्करीको धन्दा गरी नेपाली नागरिकहरु बेचबिखन गर्ने कार्य गरे । सेना आउ देश बचाउ । नेपाली नागरिकहरुलाई शरणार्थी बनाई लाखौं मुल्यमा बेचेर पैसा कमाउन पल्केका जोसुकै भएपनी जघन्य अपराधी हुन । अब सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान हुँदै होइन संविधान फेरि पनि बन्न सक्छ । सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ भन्दै राकेश शर्माले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा पाँचायण पुजा गरेका छन । पाँचायण पुजा पंडित उमानन्द भट्टराईले गराएका छन । ५२ वर्षीय राकेश शर्मा जिल्ला मकवानपुर, हेटौंडा वडा नम्बर २ निवासी हुन । राकेशले बर्दिया, नेपालगन्ज, चितवन, हेटौंडा, सिमरा, कलैया र बिरगंज विभिन्न ठाउँहरुमा मुलुकमा सैनिक शासन अपरिहार्य छ सेना आऊ देश बचाऊ भन्दै पुजा गर्दै आईरहेका छन । शर्मा ती व्यक्ति हुन जसले पछिल्लो समय ६०१ जना सभासद र ८८४ जना सांसद मरे तुल्य बराबर भन्दै सभासद र सांसदहरूको सामुहिक श्राद्व बर्दिया, बाँके, चितवन, कलैया, बिरगंज, पोखरा, हेटौंडा, बुटवल, बिराटनगर, काभ्रे र काठमाडौंमा गरेका थिए ।

प्रतिक्रिया