प्रेस यूनियन स्थापना दिवस– खुल्ला दौड प्रतियोगिता

इनेप्लिज २०८० जेठ १५ गते १५:५३ मा प्रकाशित

मोरङ,१५ जेठ । नेपाल प्रेस यूनियनको ३२ औँ स्थापना दिवस तथा १६ औ गणतन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगितामा हरि अधिकारी प्रथम भई विजयी भएका छन् ।

यूनियन प्रदेश समितिद्वारा आयोजित उक्त्त दौड प्रतियोगितामा दोस्रो स्थानमा नवराज कट्टेल, तेसोमा देवराज तामाङ, चौथा नविन के भट्टराई र पाँचौमा पवन साह भएका छन् ।

प्रतियोगिताका विजयीहरुलाई क्रमशः प्रथम देखि पाँचौसम्म नगद रु सात हजार पाँच सय, चार हजार पाँच सय, तीन हजार पाँच सय र दुई ÷दुई हजार प्रदान गरिएको छ।

विराटनगरको महेन्द्र चोकदेखि शुरु भई बरगाछीसम्म तीन किलोमिटर दुरीको उक्त्त दौडमा २५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

महानगरका प्रमुख नागेश कोइरालाले विजयीहरुलाई प्रमाणपत्र वितरण गर्दै सञ्चारकर्मीहरुवाट यस प्रतियोगिता आयोजना समाजमा स्वास्थ्य एवं खेदकूलप्रति जागरुकता वृद्धि हुने धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, यूनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित लगायतले पत्रकारले स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा विचार राख्नु भयो ।

प्रतिक्रिया