रुसले युक्रेनबारे टिप्पणी गरेको भन्दै अमेरिकी सशक्त रिपब्लिकनका सिनेटर लिन्डसे ग्राहमलाई पक्राउ पूर्जी जारी गरेको छ ।
रुसको आन्तरिक मन्त्रालयले सोमबार अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई युक्रेनमा भएको लडाइसँग सम्बन्धित टिप्पणी गरेपछि पक्राउ पुर्जी जारी गरेको छ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको उनको भेटको सम्पादित अङ्कियदृश्य (भिडियो)मा जेलेन्स्कीको कार्यालयले जारी गरेको थियो। जस्मा साउथ क्यारोलाईनाका सिनेटर ग्राहमले “रूसीहरू मर्दैछन्” र अमेरिकी सैन्य सहयोगलाई “उत्तम” भनेर चर्चा गरेका थिए ।
ग्राहमले कुराकानीको विभिन्न भागहरूमा टिप्पणी गरेको उक्त अङ्कियदृश्य( भिडियो )मा देखिन्छ। युक्रेनको राष्ट्रपति कार्यालयको छोटो अङ्कियदृश्य उनीहरूलाई एकअर्काको नजिकै देखाउछ जसको कारण रुस यसै बिषयलाई लिएर रुस आक्रोशित भएको छ ।
क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले आइतवार टिप्पणी गर्दै “यस्ता सिनेटरहरू हुनु भन्दा देशको लागि ठूलो लाजमर्दो र कल्पना गर्न गाह्रो छ।” भनेका छन् ।
रुसको अनुसन्धान समिति, देशको शीर्ष आपराधिक अनुसन्धान संस्थाले ग्राहम विरुद्ध आपराधिक अनुसन्धान खोल्ने अगाडी सारेको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ ।
गृह मन्त्रालयले सोमबार पक्राउ पुर्जी (वान्टेड)अपराधी संदिग्धहरूको आधिकारिक अभिलेख (रेकर्ड)ले संकेत गरे अनुसार उनको गिरफ्तारीको लागि पक्राउ पूर्जी जारी गरेको छ।
प्रतिक्रिया