विराटनगर,१४ जेठ । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसो दिनको दुई बजेदेखि शुरु हँुदैछ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा सविधानको धारा १८३ उपधारा (१) वमोजिम जेठ १४ गते आइतवार दिनको दुई बजे अधिवेशन आह्वान गर्नु भएको हो ।
पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभा वैठक आह्वान सम्बन्धी पत्र पढर सुनाउने, स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८०, प्रदेश निजामती सेवा ऐन २०७९(पहिलो संशोधन) अध्यादेश २०८० पेश हुने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रतिक्रिया