वीरेन्द्र रावल
धनगढी ,जेठ १३÷ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राइले संगठनका नेता र नेतृत्वको क्षमता बिकास नभए सम्म संगठनका गतिविधिले गतिशीलता लिन नसक्ने बताउनु भएको छ ।
संगठनले सनिवार धनगढीमा सम्पन्न गरेको अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राइले यस्तो बताउनु भएको हो । नेपाल ट्रेड युनियन महासङ जिफण्ट निकट यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपस्चिमका विभिन्न जिल्लाबाट प्रशिक्षणमा सहभागी भएका मजदुर संगठनका नेताहरूलाई अध्यक्ष राइले संगठनका लक्ष र उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
अध्यक्ष राईले जवसम्म ंगठनका नेता र नेतृत्वालाई साँगठिनक रुपले प्रशिक्षत गरेर लैजान सकिदैन तवसम्म संगठनका गतिविधीले तिब्रता पाउन नसक्ने बताएका छन् ।
अध्यक्ष राइले संगठनात्म सिद्धान्त ,मजदुर नेताले खेल्नु पर्ने भुमिकाका बारेमा सहभागीहरुलाइ जानकारी समेत दिएका छन । नेपालका मजदुरहरुको हक,हित र सेवामा निरन्तर कृयासिल नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका काम ,कर्तव्य र अधिकारलाई मजदुरको हक,हितमा प्रयोग गर्ने सवालमा जुनसुकै अवस्थामा पनि मजदुर नेताहरु तत्परताका साथ लाग्नु पर्ने पनि अध्यक्ष राइले सबै नेतृत्वलाई आग्रह गरेका छन । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका श्रमजीवी मजदुरहरुको एकमात्र हितकारी संगठन भएकोले सबै तह र तप्काका मजदुरहरुलाइ संगठित गरेर लैजान सक्नु पर्ने बताएका छन । मजदुरहरुको पेसागत हक,हित र सुरक्षाका लागि देस ब्यापी रुपमा नेपाल स्वतन्त्र यातायात मजदुर संगठन सक्रियता पुर्वक लागि परेको पनि अध्यक्ष राइले सो अवसरमा बताएका छन ।
दनेपाली मजदुरहरुको हक,हित र सुरक्षाका लागि क्रियाशित नेपाल ट्रेड युनियन महासंघ जिफण्टका २० वटा घटक संगठनहरु देश व्यापी रुपमा क्रियाशिल रहेको उल्लेख गर्दै एमालेको राजनीतिक आन्दोलनमा समेत घटक युनियनहरुको महत्वपूर्ण भूमिका रहँदै आएको समेत अध्यक्ष राईले बताएका छन् ।
सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफण्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष जीत बहादुर मल्लले जिफण्ट र हाम्रो सम्बन्धका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
यस्तै नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले परिचय र ट्रेड युनियनको आधारभूत ज्ञानका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
यस्तै प्रेस चौतारी कैलालीका ईनचार्ज एवं युग अस्त्र दैनिकका प्रकाशक ÷सम्पादक वीरेन्द्र रावलले नेतृत्वलाई सञ्चारसीपका बारेमा प्रशिक्षण दिएका थिए ।
यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले ट्रेड युनियनको आधारभूत ज्ञानका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । यसैगरी सोही अवसरमा केन्द्रिय सदस्य श.कर जोशीले युनियनको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा केन्द्रिय सदस्य जयकला गिरी र अर्जुन न्यौपानेले पनि प्रशिक्षण दिएका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दको अध्यक्षतामा र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रामसिंह महराको सञ्चालनमा भएको कार्यक्रमको सहजीकरण संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले सहजीकरण गरेका थिए ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया