शिव पलाँसको नयाँ गीत ‘साहुकी छोरी’ सार्वजनिक

इनेप्लिज २०८० जेठ १४ गते ३:३२ मा प्रकाशित

प्राय गम्भीर र बियोगान्त गीत , गजलहरुमा कलम चलाउने शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने उनले लोकपप शैलीको रमाइलो युगल गीत ‘साहुकी छोरी’ बजारमा ल्याएका छन् । एस. डी. योगीको संगीत , रिकेश गुरुङको संगीत संयोजन तथा रचना रिमाल र ईश्वर पोखरेल अबिरलको आवाजमा सजिएको यो गीतले वल्लो – पल्लो गाउँका युवा-युवतीको प्रेमकथा अभिब्यक्त गरेको छ ।

मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा कमल सिङ , ललना चिमरिया , प्रकाश घिमिरे लगाएतका कलाकारको अभिनय रहेको छ यही सुक्रबार सार्वजनिक भएको गीतले श्रोता दर्शकको मन जितिरहेको छ । हाल अमेरिका निवासी शिव पलाँस दुई दशकदेखि निरन्तर साहित्य साधना र गीति लेखनमा सक्रिय श्रष्टा हुन् ।

प्रतिक्रिया