कोशी प्रदेश सरकार स्थापनापछि तीन हजार चार सय ९६ किलोमिटर सडक निर्माण

इनेप्लिज २०८० जेठ १३ गते ११:३१ मा प्रकाशित

मोरङ,१३ जेठ(रासस) कोशी प्रदेश सरकार स्थापना पछि भएका विकास निर्माण कार्यले जनताले सरकारको अनुभूति प्राप्त गरेका छन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रलयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म २०७९÷८० सम्म सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ्ग सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५ दशमलव ७१ किलोमिटर निर्माण सम्पन्न गरेको मन्त्रालयका सूचना अधिकृत इन्जिनियर ललित चौधरीले जानकारी दिनु भयो ।

सो अवसरमा आर्थिक वर्ष २०७५÷७६ मा सडक मर्मततर्फ ६०१, २०७६÷७७ मा ६१ दशमलव ५४, २०७७÷७८ मा ५१ दशमलव १३, २०७८÷७९ मा एक सय छ दशमलव १६ र २०७९÷८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शुन्य नौ किलोमिटर सम्पन्न गरिएको छ।

यस्तै आव २०७५÷७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ , २०७६÷७७ मा दुई सय ११ दशमलव ३५ ,२०७७÷७८ मा एक सय ७५ दशमलव ३१, २०७८÷७९ मा तीन सय ८० दशमलव १९ , २०७९÷८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ।

यसैगरी कच्ची सडकतर्फ आव २०७५÷७६ मा एक सय ८१ दशमलव तीन , २०७६÷७७ मा चार सय ७७ दशमलव ८२, २०७७÷७८ मा एक सय नौ दशमलव १९, २०७८÷७९ मा ९१ दशमलव शुन्य सात र २०७९÷८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ।

यस्तै सडक कालोपत्रेतर्फ आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८, २०७६÷७७ मा ५२ दशमलव २१,२०७७÷७८ मा ४० दशमलव ६१, २०७८÷७९ मा ९८ दशमलव ७२, र २०७९÷८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ।

सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताउनु भयो ।

सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक समेत खुल्ला गरिएको छ।

मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा मोटरेवल पुल १०, २०७६÷७७ मा १२, २०७७÷७८ मा आठ , २०७८÷७९ मा २५ र २०७९÷८० मा ११ गरी ६६ बटा निर्माण सम्पन्न गरिएको छ ।

यस्तै सोही अवधिमा १२६ बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरि मानिसहरुलाई आवतजावतमा सहजता पुगेको छ।

यस्तै मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयहरु मोरङ, ईलाम, धनकुटा , ओखलढुङ्गाले प्रदेश सरकार स्थापना भएदेखि २०७९ चैत मसान्तसम्म नागरिकले प्रत्यक्ष अनुभूति हुने विकासका कार्य गरेका छन् ।

सोही अवधिमा सामुदायिक भवन एक सय ५ बटा निर्माण सम्पन्न भैसकेको छ भने एक सय ५७ बटा निर्माणधी अवस्थामा रहेको छ।

यस्तै सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ बटा निर्माणाधिन अवस्थामा रहेका छन्, खेलकुद पूर्वाधार तर्फ ५० बटा निर्माण सम्पन्न भएको छ भने छ बटा निर्माण भैरहेका छन् ।

यस्तै सोही अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ बटा निर्माणाधिन रहेका छन् भने जनता आवास कार्यक्रममा अन्तर्गन चार हजार पाँच सय ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै सहरी सडक(ढलान) तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भैसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भैरहेको छन,सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भैसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको छ।

यस्तै पार्क ४६ बटा निर्माण भैसकेको छ भने १० बटा निर्माण भैरहेको, बसपार्क १८ बटा निर्माण भैसकेको छ भने चार वटा निर्माणको अवस्थामा रहेको छ,गेट÷ भ्यूटावरतर्फ ११ बटा निर्माण सम्पन्न भैसकेको छ भने पाँच बटा निर्माण भैरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताउनु भयो ।

यस्तै सोही अवधिमा प्रहरी भवन तर्फ २९ बटा निर्माण सम्पन्न भैसकेको, अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भैसकेको छ भने १८ बटा निर्माणाधिन अवस्थामा रहेको छ।

यसैगरी अन्य मर्मत सम्भारतर्फ १४८ वटा सम्पन्न भैसकेको छ भने १८ निर्माण हुने क्रममा रहेको छ भने भवन, खेलकूद मैदान, पार्क लगायतका डिपिआरतर्फ १२५ वटा सम्पन्न भैसकेको छ भने १० बटा हुने क्रममा रहेको छ।–––

प्रतिक्रिया