महानगरपालिका लोगो सार्वजनिक

इनेप्लिज २०८० जेठ १३ गते १:३७ मा प्रकाशित

विराटनगर,१२ जेठ । विराटनगरको सम्पूर्ण चित्रण गरिएको लोगो यहाँ सार्वजनिक गरिएको छ।

महानगरपालिकाका जनप्रतिनिधिहरुको कार्यभार सम्हालेको एक बर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार भेटघाटमा उक्त लोगो सार्वजनिक गरिएको हो ।

कलाकार नरकुमार श्रेष्ठले एक सय जनामध्ये उत्कृष्ट लोगो निर्माण गरि रु एक लाख पुरस्कार प्राप्त गर्नु भएको थियो ।

महानगरका प्रमुख नागेश कोइरालाले ‘लोगो’सार्वजनिक गर्दै महानगरपालिकाको विशेषता एवं सामाजिक सद्भाव यसले देखाउने बताउनु भयो ।

उहाँले महानगरले विगत एक बर्षको गरेको कामप्रति जनताको पूर्ण समर्थन प्राप्त गरेको चर्चा गर्दै आगामी पाँचबर्षभित्र उत्कृष्ट नगरको रुपमा स्थापित गराउने विश्वास जनाउनु भयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरको सम्पूर्ण चित्रण लोगोमा देखाउने विचार राख्नु भयो ।

महानगरका कार्यकारी अधिकृत राजेन्द्र पराजुली र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरेले लोगोले विराटनगरको पहिचान झल्काउन सफल भएको धारणा राख्नु भयो ।

प्रतिक्रिया