विराटनगर,१२ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मानवअधिकार उल्लंघनका घटनाको समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको भूमिका चुनौतीपूर्ण रहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगकोे २३ औं वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले मानवअधिकार संरक्षण गर्न आयोगले संविधान र प्रचलित ऐन कानून वमोजिम भूमिका निर्वाह गरेमा सफलता प्राप्त हुने विचार व्यक्त गर्नु भयो ।
प्रदेश प्रमुख खापुङ्गले समाजमा महिला, बालबालिकामा हुने दुव्र्यवहार एवं विभेदका घटनाले दुःखी बनाउने चर्चा गर्दै यसलाई अन्त्य गर्न हामीसबै एवं तीन तहको सरकारल लाग्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले मानवअधिकारलाई नेपालको संविधानले मौलिक हक अधिकारकोको रुपमा व्याख्या एवं सुनिश्चित गरेको छ भन्दै आयोगले मानवअधिकारलाई संरक्षण र विभेद हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नु भयो ।
आयोगका कोशी प्रदेश प्रमुख पवनकुमार भट्टले प्रदेशमा मानव अधिकारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार संरक्षण र सम्वद्र्धनको क्षेत्रमा समाजका सबै वर्गको भूमिका अहम र महत्वपूर्ण रहेको बताउनु भयो ।
अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश प्रमुख सोमराज थापा, उच्च अदालत विराटनगरका कृष्ण गौतम, शिक्षा समन्वय इकाई विराटनगरका प्रमुख टङ्क गौतमले मानवअधिकाको संरक्षण र सम्वद्र्धनका लागि राज्यले आयोगको भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिनु भयो ।
प्रतिक्रिया