प्रेरणादायक कथा मा मनोरन्जनात्मक प्रस्तुति: एअर

नवीन रायमाझी २०८० जेठ १३ गते १:०३ मा प्रकाशित

नाइकी एअर (NIKE AIR) ब्राण्ड को जुत्ता नलगाउने र नलगाए पनि नाम सम्म पनि नसुन्ने मान्छे आज को दिनमा सायदै होलान। यस्तै एउटा जुत्ता कम्पनी र त्यो कम्पनी सँग जोडिएका एक महान खेलाडी को कथा मा निर्माण भएको सिनेमा “एअर” गत शुक्रबार (१२ मे) सिधै अमेजन प्राइम भिडियो ओ टी टी मा रिलिज गरिएको छ। जन पल विन्सेट बकारो (सनी बकारो) नामक ब्यक्ति ले बास्केटबल का महान खेलाडी माइकल जोर्डन लाई नाइकी कम्पनी को ब्रयाण्ड एम्बेसडर बन्न स्वीकार गर्न गरेको परिश्रम र खेलाडी जोर्डन ले हरेक बर्ष आफ्नो नाम मा उत्पादन भएको एअर जोर्डन को बिक्री बाट आर्जन गर्ने करिब ४० करोड डलर को सत्य कथा मा आधारित यो सिनेमा दर्शनीय बनेको छ।

सन् १९८४ मा नाइकी कम्पनी लगातार घाटा मा गईरहेको कारण उक्त कम्पनी को ब्यबस्थापन समुह तनाब मा रहन्छ। कम्पनी को मालिक सँग दुई बटा मात्र बिकल्प बच्छ, पहिलो, कम्पनी बन्द गर्ने र दोश्रो कुनै “सेलिब्रेटी” लाई आफ्नो उत्पादन सँग जोड्ने। कम्पनी का मालिक हरु दोश्रो बिकल्प को लागि तयार भए पछी कम्पनी का मार्केटिङ्ग प्रमुख सनी बकारो (म्याट डेमन) आफु हरुले रोजेको बास्केटबल का खेलाडी माइकल जोर्डन ( डेमिन योङ्ग) लाई भेट्न निस्कनछन्। जब बकारो ले यो बारेमा जोर्डन कि आमा डेलोरिस जोर्डन (भायोला डेभिस) सँग कुरा राख्छन उनले भर्खरै सफल उन लागेको आफ्नो छोरा को भविष्य खतरा मा पर्छ कि भन्ने शङ्का गर्छिन। अनेकौँ बाधा पार गरे पछी बकारो आफ्नो उदेश्य मा सफल हुन्छन तर उनले यसको लागि के के गर्नुपर्छ त्यो थाहा पाउन भने सिनेमा नै हेर्नु पर्छ।

सिनेमा मा दिग्गज कलाकार हरु जेसन ब्याटम्यान (रब स्ट्रेसर), क्रिस मेसिना (डेभिड फ़्लक), मार्लन वेयन्स (जर्ज राभेलिङ्ग), क्रिस टकर (होवार्ड ह्वाइट),म्याथ्यु माहेर (पिटर मुर्),गुस्ताफ स्कार्सगार्ड (होर्स्ट डस्लेयर) र जूलियस टेनन (जेम्स जोर्डन) बिभिन्न भूमिका मा छन् र उनीहरु सबैको अभिनय स्वभाबिक छ। निर्देशक बेन एफ्लिक ले पनि नाइकी कम्पनी को सी इ ओ (फिल नाइट) को भूमिका मा अभिनय गरेका छन्/ निर्देशन, लेखन ( एलक्स कन्भेरी), छायाँकन (रोबर्ट रिचर्डसन), सम्पादन (विलियम गोलडेन्बर्ग) र सङ्गीत (निना टाङ्का) को काम मा पंक्तिकार जस्तो सामान्य दर्शक ले कुनै कमी देख्ने कुरा भएन।

सम्भबत ओस्कार र गोल्डेन ग्लोब अवार्ड हरुमा प्रतिस्पर्धा गर्न निर्माण गरिएको यो सिनेमा एक पटक हेर्न सकिन्छ तर पंक्तिकार जस्तो अँग्रेजी भाषा मा पूर्ण दखल नभएका हरुको लागि त्यति रमाइलो नलाग्न पनि सक्छ।

@twitter# naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया