रुकुम पश्चिममा जीप दुर्घटना

इनेप्लिज २०८० जेठ १२ गते १:३८ मा प्रकाशित

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ । सानीभेरी गाउँपालिका – ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

आज बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ, भने आठजना घाइते  भएका छन् । दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की सुत्केरी रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर आठ जना घाईते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारमा पठाइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया