Everest Federal Credit Union(एवरेस्ट फेडेरल क्रेडिट युनियन) के हो ?

इनेप्लिज २०८० जेठ ११ गते २२:४९ मा प्रकाशित

परशुराम भण्डारी । अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि सामूहिक रूपमा बैंकिंग कारोबार गर्न मिल्ने नाफा रहित एउटा बित्तीय सस्था हो । २०१५ सालमा केही नेपाली अगुवाहरूले परिकल्पना गरेको यो सस्था अमेरिकाको फेडेरल सरकारको एजेंसी National Credit Union Administration बाट अगष्ट २४ २०१८ सालमा स्वीकृत भई अक्टोबर ५, २०१९ बाट सन्चालनमा आएको हो । यो क्रेडिट युनियनले सबैभन्दा पहिला अमेरिकाको न्यूयोर्क राज्यको ज्याक्सन हाइटमा कार्यालय स्थापना गरी बित्तीय कारोबार शुरू गरिरहेको छ भने हाल ८ सय भन्दा बढीको खाता यस संस्थामा रहेको छ ।

न्यूयोर्क वरपर रहनु भएका धेरै नेपालीहरुले शुरूवातका अबस्थामा फाउन्डिग मेम्बरको रूपमा डोनेशन गरी सस्थामा आबद्द भए पनि हाल आएर यो सस्थामा अमेरिकाका धेरै राज्यबाट यस्मा नेपालीहरु फाउन्डिंग मेम्बरको रूपमा र एकाउन्ट होल्डरको रूपमा जोडिनु भएको छ । यो सस्थामा मानिसहरू फाउन्डिग मेम्बर भए पनि एकाउन्ट होल्डर हुनु पर्ने अनिबार्य ब्यबस्था छ। यस सस्थाले लगभग १०० को हाराहारीमा सहुलियत ब्याजमा ऋण समेत प्रदान गरेको छ । ऋणको सिमा हाललाई $१५००० ( पन्ध्रहजार) रहेको भएता पनि त्यो सिमालाई बढाउने काम तिब्रताका साथ अगाडि बढेको छ । ज्याक्सन हाइटबाट सेवा दिन शुरू गरिएको यो बित्तीय सस्थाको पहिलो शाखा अप्रिल ३० तारिकका दिन टेक्सासको डालास स्थित सामुदायिक केन्द्र रहेको ठांऊमा खुलिसकेको छ । पहिलो शाखा खुलेको दिन नै १.२ मिलियन भन्दा बढी रकम जम्मा भएको छ भने एकजना एकाउन्ट होल्डरले दुइलाख ५० हजारसम्मको रकम डिपोजिट गर्नु भएको छ र अन्य बचतकर्ता ब्यापारी सदस्यहरूले समेत २ लाख ५० हजारसम्मको रकम डिपोजिट गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

यसको दोश्रो शाखा कार्यालय भर्जिनियामा खोल्ने गरी भर्जिनियमा रहनु भएका समाजसेवीहरू अहोरात्र खट्नु भएको छ । यसको दोश्रो ऐतिहासिक साधारण सभा भर्जिनियाको मनाससमा रहेको Hotel wyndham Garden 10800 vandor ln manasas Virginia 20109 मा यही मे २७ तारिकका दिन हुदैछ । यो बित्तीय सस्थाको बारेमा जानकारी लिनका लागि Everest fcu.org मा भिजिट गर्न सक्नु हुनेछ ।

यो बित्तीय सस्था किन जरूरी छ त ?

अमेरिकामा बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरूले आफूले कमाएको संपति आफ्नै समुदायको बित्तीय सस्थामा जम्मा गर्न र सोही सस्थाबाट नै ऋण लिन तथा आफूलाई आबस्यक पर्ने क्रेडिट कार्ड समेत त्यहीबाट उपलब्ध गराउन पनि Everest Federal credit Union ले ठूलो मद्दत गर्ने छ । यसमा जम्मा गरेको पैसा कस्तो ठाऊमा लगानी गर्ने र कतिसम्म ब्याजदर निर्धारण गर्ने निर्णय पनि हाम्रै समुदायका सदस्यहरूले नै गर्न पाउने हुनेछ । बित्तीय सस्थाले कमाएको मुनाफाको ट्याक्स समेत संघीय सरकारलाई तिर्नु पर्ने छैन ।

Everest Federal Credit Union का लगानीकर्ताहरु को को हुन त ?

Everest Federal Credit Union IRS501(c)(1) अन्तर्गतको मुनाफा रहित आर्थिक कारोबार गर्ने साझेदारी बित्तीय सस्था हो । यसका लगानीकर्ता भनेकै खातावालाहरू हुन , जस्लाई यसका सदस्य भनिन्छ ।

यस्ता क्रेडिट युनियनको स्थापनामा लाग्ने खर्च कस्ले ब्यहोर्छ?

कुनै पनि क्रेडिट युनियन स्थापना गर्नका लागि समुदायका सदस्यहरू नै जागरूक बन्नु पर्छ। उनीहरुसंग प्रबल ईच्छा शक्ति चाहिन्छ, समर्पण पनि चाहिन्छ, फराकिलो सोचाई हुने समुदायका सदस्यहरू मात्रै यस्ता सस्थामा सजिलै जोडिन सक्छन । त्यसैले National credit union Administration (NCUA)ले माग गरेको सबै सेवा सर्त पुरा गरे पछि मात्रै यस्ता क्रेडिट युनियन संघीय सरकारबाट स्वीकृत हुन्छन । यस्ता क्रेडिट युनियन स्थापना गर्न चाहने समुदायका सदस्यहरूले डोनेशनका लागि पनि तयार रहनु पर्ने हुन्छ । यस्ता सस्था सन्चालन गर्नका लागि शुरूमा प्राप्त गरेको अनुदानबाट नै युनियन सन्चालन हुन्छन । शुरूमा यो युनियन सन्चालन गर्नका लागि २०० भन्दा बढी सदस्यहरूबाट प्रतिब्यक्ति $३००० डलर रकम डोनेशन का रूपमा संकलन गरिएको थियो भने अहिले पनि केही समुदायका सदस्यहरूलाई सस्थाको सस्थापक सदस्य बन्ने इच्छा भएमा $३३३३.०० डलर डोनेशन गर्न सक्नु हुनेछ । संभबत यो सुबिधा यस्को दोस्रो साधारण सभासम्म रहने छ वा बोर्डले निर्णय गरे अनुसार हुनेछ । EFCU को बोर्ड वा कुनै कमिटीमा रहेर काम गर्ने ईच्छा भएमा सस्थापक सदस्य बन्नु पर्ने हुन्छ । सस्थापक सदस्य बन्न पाउने अबसर सधैभरी हुदैन ।

Everest Federal Credit Union मा रहेको खाता र अन्य बैकको खातामा के फरक छ त ?

तपाई/ हाम्रो बैक एकाउन्ट भएको बैकमा हामी केवल ग्राहक मात्रै हुन्छौं भने यसमा खाता खोल्ने ग्राहक यो युनियनको सदस्य र सेयरहोल्डर हुनेछन । युनियनले तोकेको सिमा अनुसार अन्य बैकको भन्दा कम ब्याजमा ऋण प्राप्त गर्न सकिने छ । क्रेडिट युनियनको खातावालले बोर्डमा नेतृत्वका लागि मतदान गर्न पाउनेछन , नीति निर्माण गर्ने र नेतृत्वमा जान पाउने समेत अधिकार हुनेछ । यस्मा राखिएको रकम कुनै पनि समयमा आफूलाई आबस्यक परेको समयमा निकाल्न समेत मिल्ने छ ।क्रेडिट युनियनबाट लिएको ऋणको ब्याजबाट प्राप्त मुनाफा समेत सेयरहोल्डरले पाउने छन
Federal Credit Union र अन्य बैंकको ब्याजमा के फरक छ ?

अन्य बैकहरूले एकाउन्टहोल्डरलाई दिने ब्याज भन्दा क्रेडिट युनियनले दिने ब्याज निश्चय नै बढी हुन्छ र ऋण लिएको रकमको ब्याज समेत कम हुनेछ । किन कि यो युनियन समुदायमा आधारित बित्तीय सस्था हो र यस्ले कमाएको मुनाफाको कर तिर्न पर्दैन ।

के यस्ता क्रेडिट युनियन नेपालका सहकारी जस्तै हुन त ?

समुदायमा आधारित बित्तीय सस्था भएको सुन्दा उस्तै उस्तै लागे पनि नितांत फरक छ । नेपालमा भएका सहकारीहरुमा जस्को बढी बचत छ तिनको बढी प्रभाव पर्छ तर कुनै पनि क्रेडिट युनियनमा रकम बढी राख्नेको बढी अधिकार कम राख्नेको कम अधिकार हुन्न । सबै सेयर होल्डरहरूको समान अधिकार हुने भएको कारण पनि मानिसहरूको आकर्षण क्रेडिट युनियनमा बढी हुन्छ ।

Everest Federal Credit Union को रकम सुरक्षित हुने कारण?

अमेरिकामा रहेका हरेक बैंकमा $२५००००.( दुइलाख पचासहजार ) सम्मको रकमको जसरी वीमा हुन्छ त्यसरी नै क्रेडिट युनियनहरुको लागि National credit union Administration ले National credit Union share insurance Fund( NCUSIF)मार्फत दुइलाख पचासहजारको वीमा गरिएको हुन्छ । अमेरिकामा अन्य बैकहरूले पालन गर्ने सबै नियम कानूनहरु एभरेष्ट फेडेरल क्रेडिट युनियनले पनि गर्नु पर्ने हुन्छ ।

Everest Federal Credit Union ले के के सुबिधा प्रदान गरेको छ त ?

यो सस्थाको सदस्य बन्नका लागि कम्तिमा पनि १ सेयर किन्नु पर्ने हुन्छ । हाल एक सेयरको मूल्य $२५ डलर रहेको छ । पहिलो पटक सदस्य बन्दा एकपटकका लागि $२५.तिर्नु पर्ने छ । त्यो $२५ डलर प्रबेश शुल्कको रूपमा हुनेछ ।

Everest Federal Credit Union का हालसम्मका खाताहरु
Regular share( shaving)Account
Special share ( saving )Account
Kids &Youth saving account
Retirement IRA saving (Traditional IRA,Roth IRA)
Checking (Share Draft )Account
CD ( certificate of Deposit )Account ( Maturity terms 6 months up to 5 years)
Business Share Account (Saving)
Business Drafts Account (Checking)

बिभिन्न खातावालहरूका लागि बिभिन्न ब्याजदर निर्धारण गरिएको छ । तर अहिले अधिकतम ब्याज4.5% निर्धारण गरिएको छ । अमेरिकाको फेडेरल रिज़र्वको ब्याज दर घटीबढी हुदा ब्याज दर परिबर्तन हुन सक्छ
Everest Federal Credit युनियनमा के के ऋण सुबिधा छन त ?

हाल यस प्रकारका ऋण सुबिधा दिदै आएको Everest Federal Credit Union (एभरेष्ट फेडेरल क्रेडिट युनियनले )समयको माग र समुदायका सदस्यहरूको आबस्यकता अनुसार ऋणका प्रकारमा बृद्दि गर्ने छ ।


१ ब्यक्तिगत सुरक्षित ऋण (secured loan)

खातावालासंग खातामा भएको रकम बराबरको ऋण यसमा पर्दछ । अरू ऋणमा लिइने ब्याज भन्दा यस्मा ब्याज कम हुन्छ किन कि त्यो ऋण बराबरको पैसा ऋणिको खातामा भएकै हुन्छ , त्यसैले पनि यसलाई personal secured Loan भनिएको हो ।

२ ब्यक्तिगत असुरक्षित ऋण(unsecured loan)

आफ्नो ब्यक्तिगत ग्यारेन्टीका आधारमा मा यो सस्थाको क्रेडिट कमिटी र बोर्डले निर्धारण गरेको रकम ब्यक्तिगत प्रयोजनका लागि ऋण प्रदान गरिन्छ ।

३ सबारी साधन किन्नका लागि दिइने ऋण-

नयां गाडी किन्न होस वा पहिले किनेको गाडी बढी ब्याजमा अन्य निकायबाट ऋण लिइएर किनिएको रहेछ भने रिफाइनाइनान्स गरी त्यस्ता बचतकर्ताहरुलाई समेत ऋण दिइन्छ । जस्तो कि कुनै कमर्सियल बैकबाट ऋण लिएर गाडी किनेको छ त्यसको ब्याज भने निक्कै महंगो रहेछ भने पनि दोश्रो सस्तो ठाऊ खोज्दै ऋण लिइन्छ त्यसमा यस्ता क्रेडिट युनियनहरु पर्दछन कारण बैकले कमाएको नाफाको कर सरकारलाई तिर्नु पर्छ तर समुदायमा आधारित क्रेडिट युनियनहरुले पर्दैन ।

४ ब्यापार गर्नका लागि ऋण-

साना तथा मझौला खालको ब्यापार गर्नका लागि केही सहयोग हुने उदेश्यले पनि यो क्रेडिट युनियनका सदस्यहरूले ऋण लिन सक्नु हुनेछ । त्यस्तो ऋण प्रदान गर्नका लागि इएफसियूको क्रेडिट कमिटी र बोर्डले निर्धारण गरेको रकम प्रदान गर्ने छ।

एभरेष्ट फेडेरल क्रेडिट युनियनले प्रदान गर्ने ऋणको ब्याज अन्य बैकहरूको तुलनामा धेरै सस्तो हुन्छ । ब्याज दर निर्धारण गर्दा ऋण लिनेको क्रेडिट रिपोर्टका आधारमा हुनेछ । क्रेडिट इतिहासका आधारमा पनि ब्याज निर्धारण हुनेछ ।


Everest Federal Credit Union ले अरू अन्य के के सुबिधा दिनेछ?

Direct Deposit
Cashier/ Bank Check
Wire Transfer
ACH Service
Online Bill payment
Bank Check Order

Everest Federal Credit Union का बारेमा थप जानकारीका लागि तलको लिंकमा वेवसाइटमा गएर हेर्न सक्नु हुनेछ ।

Everest Federal Credit Union को बारेमा जानकारी लिनका लागि यो सस्थाका सस्थापक सदस्यहरू, बोर्डका पदाधिकारीहरू , युनियनको इमेल वेबसाइट, फोनबाट पनि जानकारी लिन सकिनेछ । तलको इमेल वा वेवसाइट बाट समेत जानकारी लिन सकिनेछ
Email:[email protected]
Website: www.everestfcu.org

युनियनको मुख्य कार्यालय को ठेगाना

37-51 75th Street, FL 1B, Jackson Heights, NY 11372
यदी यहांहरुलाई यो बित्तीय सस्थाको बारेमा थप जानकारी आबस्यक भएमा माथिको इमेलमा इमेल गरेर आफ्नो नाम र फोन न समेत दिन सक्नु हुनेछ । यहाहरुको जिज्ञासा फोनबाट वा इमेलबाट एभरेष्ट फेडेरल क्रेडिट युनियनका पदाधिकारीहरू/ कर्मचारीहरुले गराउनु हुनेछ ।

Everest Federal Credit Union को दोश्रो साधारण सभा भर्जिनियाको मनाससमा मे २७ तारिकका दिन हुदैछ, त्यसको तयारीमा साधारण सभा तयारी समिति लगायत सिंगो भर्जिनियाको नेपाली समुदाय अत्यन्त मिहनेतका साथ लागि रहेको छ । भर्जिनियामा रहेको नेपालीहरुको ठूलो सस्था नेपाली अमेरिकन सामुदायिक केन्द्रका सबै पदाधिकारीहरू यो अभियानलाई सफल बनाउन लाग्नु भएको छ ।डि एम भि एरियाका सस्थापक दाताहरुका अलावा सबै सामाजिक अभियन्ता भर्जिनियामा एभरेष्ट फेडेरल क्रेडिट युनियनको शाखा कार्यालय खोल्ने गरी काम गरिरहनु भएको छ । दोश्रो साधारण सभाका संयोजक राम खरेलले अमेरिकी अफिसियलहरु ( भर्जिनियाका सिनेटर , हाउस अफ डेलिगेट मेयर , टाउन काउन्सिल) , नेपाली राजदूताबास, नेपाली मूलका अमेरिकन अफिसियल पदाधिकारीका साथै गैर आबासीय नेपाली संघ , स्थानीय संघ सस्थाका अभियन्ताहरुलाई समेत उक्त मे २७ तारिकको कार्यक्रमका लागि आमन्त्रण गरिरहनु भएको छ ।

भर्जिनियामा हुने दोश्रो साधारण सभाको तयारीका लागि न्यूयोर्कबाट सस्थाका सि इ ओ बिराज रिजालको उपस्थितिमा भर्जिनियाको फेयरफेक्समा एउटा टाउनहल मिटिंगको आयोजना गरिएको थियो । त्यो मिटिंगमा सहभागी समुदायका सबै सदस्यहरू अत्यन्त उत्साहित देखिनु हुन्थ्यो ।

नोट – माथि लेखिएका बिषय बस्तुको श्रोत “ एभरेष्ट फेडेरल क्रेडिट युनियनको संक्षिप्त परिचय” ब्रोसर हो , साथै युनियनका बोर्डका साथीहरु र सिइओका साथमा जुम मिटिंगमा भएका कुराकानीका आधारमा टिपोट गरिएका बिषय बस्तु पनि समेटिएको छ। Everest Federal Credit Union को सूचना सजिलै पाउन र वेबसाइट र इमेलमा पुगेर वा बोर्डका पदाधिकारीका वीचमा पुग्न सजिलो होस भनेर पनि यो टिपोट तयार गरिएको हो ।

लेखक दोश्रो साधारण सभाको सह-संयोजक हुनु हुन्छ साथै क्रेडिट युनियनको संस्थापक डोनर समेत हुनु हुन्छ ।

प्रतिक्रिया