रु ६१ लाखको सुनचाँदीका गरगहना चोरीमा सङ्लग्न तीन जना पक्राउ

इनेप्लिज २०८० जेठ ११ गते २२:३६ मा प्रकाशित

विराटनगर,११ जेठ । विराटनगर महानगरपालिका वडा न ३ स्थित एक घरवाट चोरी गरिएको रु ६१ लाख मूल्य बरावरको सामान सहित तीन जनालाई पक्राउ गरि प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही यही जेठ ३ गते विराटनगर –३ पिपलचौक स्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ के.जी. चाँदी गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा बिराटनगर महानगरपालिका १२ वस्ने २१ बर्षिय राज कुमार कामत ,सोही वडाका १९ को विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरि सार्वजनिक गरिएको छ।

उक्त्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालनमा गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनु भयो ।

निजहरुलाई जेठ १० गते राति १ः०० बजे बिराटनगर–१२ कोशी प्रोजेक्ट स्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन , दुई थान मोवाइल सहित भारतको जोगवनीमा बिक्री गर्ने जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा थप आवश्यक अनुसन्धान प्रहरीले गरिएको छ।

चोरीको घटनामा अनुसन्धानमा खट्ने सात जना प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया