प्रवासी नेपाली मञ्च अमेरीकाको केन्द्रीय कमिटिको गत मे २१ मा मञ्चका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले अमेरीकामा हुन गैरहेको प्रवासी नेपाली मञ्च अमेरिकाको बार्षिक साधारण सभा यही जुन १७ केन्टकी राज्यको लेजिंगटन शहरमा गर्ने भएको छ ।
उक्त बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका महासचिब शंकर पोख्रेल र बिदेस बिभाग प्रमुख राजन भट्टराईलाई सस्थाको तर्फबाट साधारण सभामा आउनको लागी आमन्त्रणा समेत गरिएको छ | उक्त कार्यक्रम भव्य र सभ्य बनाउॅंनका लागी अमेरिकाको अधिकाश राज्यबाट केन्टकी जानेको संख्या लगभग २०० को हाराहारीमा हुने बताईएको छ । नेपालको बदलिदो प्रस्थितिका बारेमा समेत सल्लाह सुझाब सहितको कार्यपत्र समेत उक्त कार्यक्रममा प्रस्तुत गरिनेछ ।
साथै अमेरिकाको आसन्न एनआरएनए अमेरिकाको पहलमा अमेरिकाको विभिन्न राज्यहरुमा बनाईएका एनआरएनए सदस्यताको विवरण तथा उक्त राज्यहरुमा खट्ने साथीहरु समेतको स्टाटसलाई ओएनएफ अमेरिकाका उपाध्यक्ष तथा एनआरएनए बिस्तार समितिका संयोजक भिम प्रकाश ओलीले बैठकमा राख्नु भयो ।
बैठकले एनआरएनए सदस्यता बिस्तार समितिले सम्पन्न गरेको कामको उच्च प्रसंसा गरी सदस्यता बिस्तार कमिटिलाई धन्यवाद दिदै सो समितिको उद्धेश्य पुरा भएकोले बिघटन गरेको छ ।
आगामी एनआरएनएको चुनाबको लागि च्याप्टर र एनसिसिका उम्मेदवार तथा निर्बाचनसंग सम्बन्धित सबै कार्यसम्पन्न गर्नका लागि ओएनएड अमेरिकाका अध्यक्षको संयोजकत्वमा ४ छेत्रका ४ उपाध्यक्ष, डिसी मेट्रो क्षेत्रका ईन्चार्ज १ र ओएनएफ अमेरिकाका सचिब गरी ७ सदस्यहरु रहेको निम्न कमिटि निर्माण गर्ने निर्णय गरीयो ।
सदस्यहरुमा संयोजक – कृष्ण लामिछाने ,सदस्य – गोपाल कंडेल ,सदस्य – मैया ढुंगाना ,सदस्य – गोकर्ण दाहाल ,सदस्य सचिब- भिम ओली,सदस्य – छबि पाण्डे
तथा सदस्य – गोबिन्द खनाल रहेका छन् ।
यसरी प्रवासी नेपाली मञ्च अमेरीकाले एनआरएनए अमेरिका बारेमा बिस्तृत अध्यन,छलफल गर्दै सबै एनआरएनए सदश्यहरुसॅंग सरसल्लाह गर्ने र एनआरएनए लाई बलियो बनाउॅंनमा भुमिका खेल्ने समेत निर्णय गरेको जानकारी प्रवासी नेपाली मञ्चका केन्द्रिय कमिट सदश्य एवं प्रचार बिभागका बिजय बगालेले जानकारी गराए ।
प्रतिक्रिया