वाग्नर लडाकुहरू बख्मुतबाट फिर्ता हुन थाले

इनेप्लिज २०८० जेठ ११ गते ११:५६ मा प्रकाशित

रुसको वाग्नर भाडा समूहका प्रमुखले बिहीबार उनका लडाकुहरूले पूर्वी युक्रेनी शहर बाख्मुतबाट योजनाबद्ध फिर्ता सुरु गरिसकेको बताएका छन् ।

येभगेनी प्रिगोजिनले सप्ताहन्तमा वाग्नरको अपेक्षित फिर्ताको घोषणा गरेका थिए । उनका लडाकुहरूले एक महिना लामो रक्तरंजित युद्ध पछि शहरलाई कब्जा गरेपछि रूसी सेनालाई हस्तान्तरण गर्ने बताएका थिए ।

बिहीबार आफ्नो संचार माध्यम टेलिग्राम च्यानलमा प्रकाशन गरिएका अङ्कियदृश्य (भिडियो)मा प्रिगोजिन वाग्नर लडाकुहरूसँग हात मिलाउँदै र बधाई दिँदै गरेको उनि देखिएका छन् ।

प्रिगोजिनले वाग्नर सेनाको फिर्ता अर्को हप्ता सम्म पूरा हुने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया