चौतारी मोरङ साधारण सभा– अधिकारी पुरस्कृत

इनेप्लिज २०८० जेठ ११ गते ११:२० मा प्रकाशित

विराटनगर,११ जेठ । प्रेस चौतारी नेपाल मोरङको वार्षिक साधारण सभाको उपलक्ष्यमा आज यहाँ एक जना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ।

चौतारी मोरङद्वारा आयोजित उक्त्त कार्यक्रममा शालिग्राम –मञ्जु दाहाल पुरस्कारबाट रमेशचन्द अधिकारी( धनकुटा)लाई नगद रु २१ हजार एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।

चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले पुरस्कार वितरण गर्दै मुलुकमा व्याप्त रहेको भ्रष्टाचारको न्यूनिकरण गर्न हामीसबैले हातेमालो गर्नुपर्ने बताउदै पत्रकारिताभन्दा वाहिरका लागि सदस्यता नदिने एवं सदस्यता सुद्धिकरण अभियानलाई निश्पक्ष ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

सङ्घीय सांसद ऋषिकेश पोखरेलले मुलुकमा राजनीतिक स्थिरता कायम गरि विकासको गतिलाई अगाडि वढाउन राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक लाग्नु पर्ने बताउनु भयो ।

चौतारीका मोरङ अध्यक्ष सुदिप कोइराला,उपाध्यक्ष चीना थापा, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सन्जीव खनाल, नेपाल प्रेस यूनियन प्रदेशका अध्यक्ष मीनकुमार नवोदिन, प्रेस सेन्टर नेपालका मोरङ अध्यक्ष अर्जुन आचार्य लगायतले पत्रकार सुद्धिकरण अभियानमा चौतारी पूर्ण सहयोग रहने छ भन्दै पत्रकार हकहित र व्यवसायिक पत्रकारिता आजको मुख्य आवश्यक्त्ता भएको विचार राखेका छन् ।

प्रतिक्रिया