नेपाली समुदाय द्वारा ओक्भिलनगरमा आयोजित ” एसियन हेरिटेज मन्थ” कार्यक्रममा सहभागिता

इनेप्लिज २०८० जेठ ११ गते १०:४० मा प्रकाशित

ओक्भिल, ओन्टारियो प्रान्तको ओक्भिल नगर सभा कक्षमा हालै आयोजित “एसियन हेरिटेज मन्थ” कार्यक्रममा नेपाली समुदायले सहभागिता जनाएको छ। कार्यक्रममा बोल्नु हुदै हाल्टन रिजन अध्यक्ष ग्यारी कार तथा काउन्सिलर नभनन्दाले क्यानडाको बहु सास्कृतिक रुपरेखामा एशियाली समुदायको महत्वपूर्ण योगदान बारे चर्चा गर्नु भयो ।

काउन्सिलर स्कट सियले आयोजक समितिको तर्फ बाट बोल्नु हुदै ओक्भिलमा यो कार्यक्रम पहिलो पटक आयोजना गरिएको र अबदेखि प्रत्यक बर्ष आयोजना गर्ने मनसाय ब्यक्त गर्नु भयो । साथै उहाँले एशियाली प्रेरक ब्यक्तित्वहरु , चलचित्र , सास्कृतिक कार्यक्रमको माध्यमबाट एशियाको बिकास लगायत सस्कृति बारे स्थानिय बासिन्दाहरुसंग कुरा गर्न चाहेको बताउनु भयो।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट लोक सांगितिक समूह “हिमालयन भाइब्स”ले नेपाली लोकधून प्रस्तुत गरिएको थियो भने स्विकृति खडका तथा पायल दाहालले मनमोहक लोकनृत्यहरु प्रस्तुत गरेका थिए। सो कार्यक्रममा नेपाल , भारत, चीन, कोरिया लगायतका मुलुकहरुबाट कार्यक्रम प्रस्तुत गरिएको थियो । सोहि कार्यक्रममा क्यानडाका रक्षा मन्त्रि अनिता आनन्द तथा “एशियन हेरिटेज मन्थ” का अभियन्ता पुर्ब सिनेटर भिभियन प्वायको भिडियो सन्देश देखाइएको थियो।

“एशियन हेरिटेज मन्थ” को अभियान पुर्ब सिनेटर भिभियन प्वायले गर्नु भएको थियो भने सन २००१ मा सिनेटमा प्रस्ताब प्रस्तुत गर्नु भएको थियो र सन २००२ देखि क्यानडाले प्रत्यक बर्षको मे महिनालाई “एशियन हेरिटेज मन्थ”को रुपमा मनाउने घोषणा गरिएको थियो । सो कार्यक्रममा नेपाली सहभागिताको लागि फेदरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्सका संस्थापक अध्यक्ष बिजय पौडेलले संयोजन गर्नु भएको थियो।

प्रतिक्रिया