कोशी प्रदेशमा ९७ प्रतिशतले शौचालय प्रयोग गर्ने

इनेप्लिज २०८० जेठ १० गते २२:३२ मा प्रकाशित

विराटनगर,१० जेठ । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयका प्रयोग गरेका छन् ।

राष्ट्रिय तथ्याङक कार्यालय काठमाडौ र तथ्याङक कार्यालय मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना –२०७८ कोशी प्रदेशस्तरीय नजिता आज सार्वजनिक गर्दै प्रदेशको १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलल दुई प्रतिशत परिवारहरुको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ।

राष्ट्रिय जनगणना २०६८ मा प्रदेशका १४ जिल्लामा शौचालयको पहुँच नभएका परिवारको सङख्या ३० दशमलव तीन प्रतिशत रहेको थियो ।

जनगणना २०७८ अनुसार प्रदेशको जनसख्ख्या ४९ लाख ६१ हजार ४१२ मध्ये महिला २५ लाख ४४ हजार ८४(५१ दशमलव २८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार ३२८(४८दशमलव७२ प्रतिशत रहेको तथ्याङकमा उल्लेख गरिएको छ।

विस २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसख्या ४५ लाख ३४ हजार नौ ४३ रहेको थियो ।

यस्तै जनगणना २०७८ अनुसार नेपालको कूल जनसङख्या मध्ये अन्य लिङ्गीको सङख्या दुई हजार नौ सय २८ (शुन्य दशमलव शुन्य एक प्रतिशत) मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत रहेको छ ।

प्रदेशमा वार्षिक औषत जनसङख्या वृद्धिदर शुन्य दशमलव ८५ प्रतिशत रहेको छ । झापा जिल्ला सबैभन्दा वढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ्ग रहेको छ।

जनगणना २०७८ का अनुसार प्रदेशको कुल जनसङख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् भने १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लाको उमेरका जनसङख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत रहेको छ।

प्रदेशमा सबैभन्दा वढी जनसङख्या मोरङ जिल्लामा ११ लाख ४८ हजार एक सय ५६ जना रहेका छन् भने सबैभन्दा कम जनसङख्या तेह्रथुम जिल्लामा ८८ हजार सात सय ३१ रहेको तथ्याङकमा उल्लेख गरिएको छ।

यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसङख्या भएका जिल्ला हुन भने कम जनसङख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ्ग क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका रहका छन् ।

प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले अहिलेपनि खाना पकाउने काठ÷ दाउराको प्रयागे गर्ने गरेको तथ्याङकमा उल्लेख गरिएको छ।

खाना पकाउन एलपि ग्याँस, गुँइठा, बायोग्याँस, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाकोहरु क्रमशः ४१ दशमलव दुई , तीन दशमलव चार, एक दशमलव तीन, शुन्य दशमलव पाँच, शुन्य दशमलव शुन्य चार र शुन्य दशमलव दुई प्रतिशत रहेको छ।

जनगणना २०७८ अनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार ५५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारकोमूली महिला रहेका छन् जुन २०६८ को जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत वढी रहेको छ।

प्रदेशका कुल जनसङख्याको दुई दशमलव ४ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको मध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत रहेका छन् ।

प्रदेशमा पाँच वर्ष वा वो भन्दा वढी उमेरका कुल जनसङख्यामा ७९ दशमतल सात प्रतिशत साक्षरता रहेको मध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत रहेका छन् ।

यस्तै प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्नेहरु २० दशमलव एक प्रतिशत , एसईइ वा सो सरह उत्तीर्ण गर्नेहरु ११ दशमलव तीन प्रतिशत र एईइ भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरुको १६ दशमतव सात प्रतिशत रहेका तथ्याङकमा उल्लेख गरिएको छ।

प्रदेशमा आर्थिक काम गरेका कुल जनसङख्या मध्ये २८ लाख ३४ हजार ८८ मध्ये ४९ दशमलव दुई प्रतिशत पुरुष र छन् ५० दशमलव आठ प्रतिशत महिला छन् ।

यस्तै आर्थिक रुपमा कामगरेका जनसख्यामध्ये सबैभन्दा बढी कृषि वन र माछापालन कार्यमा दक्ष कामदारहरु ५४ प्रतिशत पाँच प्रतिशत रहेका छन भने सामान्य प्राथमिक पेशाका कामदारहरु २१, सेवा तथा बस्तु विक्री गर्ने कामदारहरु पाँच दशमलव तीन प्रतिशत, शिल्पकला तथा कालिगढ र सम्बन्धी व्यापार गर्नेहरु पाँच दशमलव तीन प्रतिशत र व्यवस्थापकहरु चार दशमलव नौ प्रतिशत रहेका छन् ।

प्रदेशमा पाँच वर्ष वा सो भन्दाम कम उमेरका कूल चार लाख ६२ हजार ६२५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतितको जन्मदर्ता नभएको देखिन्छ ।

प्रदेशमा पहिलो विवाह गर्दाको औषत उमेर २० वर्ष रहेको छ जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष रहेको छ।

प्रदेशमा दुई लाख ६९ हजार ८९२ परिवारबाट तीन लाख ४३ हजार ३४ जना विदेशमा वसोवास गर्दछन जसमध्ये पुरुष दुई लाख ८६ हजार ६३१ र महिला ५६ हजार ४०३ रहेका छन ।

प्रदेशमा विद्युत प्रयोग गर्ने परिवारको सङख्या ९३ दशमलव सात प्रतिशत रहेको छ भने २०६८ को जनगणनामा यस्तो परिवारको सङख्या ६५ दशमलव आठ प्रतिशत रहेका थियो ।

यस प्रदेशमा स्मार्ट मोवाईल फोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ धने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत रहेको छ।

महिलाको नाममा घर वा जग्गा वा दुबै हुने परिवारका सङख्या २८ दशमलव चार प्रतिशत रहेको छ जुन २०६८ को जनगणनामा तुलनामा शुन्य दशमलव पाँच प्रतिशत वढी रहेको छ।

प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्त्तिप्रसाद सिटौलाले तथ्याङका आधारमा राज्यले उपलव्ध गराउने सेवा सुविधा तथा कृषि, उद्योग, उत्पादकत्व, बजार व्यवस्थामा सहयोग पुग्ने विचार राख्नु भयो ।

राष्ट्रिय तथ्याङक कार्यालयकी उपप्रमुख मुन्नी कुमारी चौधरी, कार्यालयका निर्देशक केशव कुमार गौतम र अधिकृत नन्दलाल सापकोटाले योजना निर्माण, विकास र शान्ति सुरक्षामा तथ्याङक उपयोगी हुने विचार राख्नु भयो ।

प्रतिक्रिया