हरेक महिलाको दुख को साथी बनेर आयो माइतिघर (भिडियो सहित)

इनेप्लिज २०८० जेठ १० गते २१:५९ मा प्रकाशित

चलचित्र क्षेत्रलाई लक्षित गरेर बिगत १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल‘टिभी फिल्मी’अब नारी टिभीको रुपमा प्रसारणमा आउँने भएको छ ।

च्यानलकी अध्यक्ष निकिता पौडेलले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा च्यानलको नाम र उद्देश्य परिवर्तन गरिएको जानकारी दिइन्। उनले फेसबुक पोस्ट मार्फत् च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने बताइन्।

‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरू अधिकांश नारीहरूमै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्,‘ उनले लेखेकी छिन्।नेपालमै पहिलो पटक नारीहरु द्धारा संचालनमा ल्याउन लागिएको यो पहिलो टेलिभिजन हो ।

पछिल्लो समयमा हत्या हिसां,बलात्कार जस्ता जघन्य अपराध रसमाजमा घटि रहेका महिलाहरु माथी हुने घटनाहरुको समस्याको सहज सुनुवाइका साथै समाधानको प्रयास यस नारी टेलिभिजनको कार्यक्रम माइतिघरले गर्ने भएको छ ।

प्रतिक्रिया