‘बिहेको भोज’

रजनी (कन्चन) मल्ल २०८० जेठ १० गते ११:०१ मा प्रकाशित

संसारका बिभिन्न ठाउमा छरिएर रहेका आफन्त र साथीभाई संगको भेटघाट गर्ने अवसर भनेकै कसैको बिहे वा ब्रतबन्ध हो बिदेशमा। त्यसमा पनि चार पाच महिना अगाडी देखि नै योजना बनाएको हुनुपर्छ त्यो अवसरमा सहभागी हुनका लागि। नत्र बिदा मिलाउन गार्हो पर्ने हुन्छ बिदेशमा। त्यहि अवसर पारेर धेरै जनाले बिभिन्न ठाउँ मा घुम्ने योजना बनाउछन पनि। त्यस्तै योजना बनाएर हामी पनि एउटा बिहे भोजमा सहभागी भयौ।

संसारको बिभिन्न ठाउँबाट आउनुभएका आफन्त साथीभाई संगको धेरै बर्ष पछिको भेटघाटको रमाइलोपनको मज्जा नै छुट्टै थियो। पहिले आफुहरु आफ्नो देशमा छदा संगै बिताएका क्षणहरुको झझल्को त् आउने नै भयो। त्यसमा पनि त्यतिखेरको अनुभबहरुको आदान प्रदानको साथै अहिले आफुहरु बसेको ठाउको बारेमा पनि जानकारी गराइयो। अनि सबैले आ आफु रहेको ठाउमा घुम्न आउने योजना बनाउनु भन्ने सुझावहरुको साथै सबैले एकले अर्काप्रति देखाएको माया,आत्मियता ज्यादै कृतज्ञतापूर्ण थियो।

त्यो बिहेको भोजमा न त त्यहाँ गर गहनाको कुनै तुलना थियो, न त् त्यहाँ लवाइको कुनै देखावा नै थियो। न त् त्यहाँ दुलहीलाई दाईजो कति दियो अनि दुलहाले दुलही लाई के के दियो भन्ने चासोको बिषय नै थियो। बस त्यहाँ त् दुई प्रेमी प्रेमिकाको मायाको सफलताको पहिलो खुट्किलो थियो। दुलाहा दुलहीलाई आमा बाबाले दिएको शिक्षा संस्कार अनि त्यसले दिएको सक्षमता नै काफी थियो। त्यो नै उनीहरुलाई दिएको अमूल्य सम्पती थियो, जसलाई न त् कसैले खोस्न नै सकिन्छ, न त् कसैले लुट्न नै सकिन्छ। त्यहाँ त् केबल धेरै बर्ष पछिको आफन्त साथीभाई संगको भेटघाटको खुशियाली थियो, उत्साह थियो। जुन आफ्नो देशमा रहदा खेरि त्यति हुदैन थियो होला किन कि त्यहाँ त् हरबखत भोज भतेर भै नै रहन्छ अनि भेटघाट पनि भै नै रहन्छ। आफन्त साथीभाई संगको भेटघाट भनेको त्यस्तो पो हुनुपर्छ न त् त्यहाँ कुनै स्वार्थ लुकेको हुन्छ। न त् त्यहाँ कुनै देखावतिपन झल्केको हुन्छ। बस् त्यहाँ त् केवल खुशी, उत्साह, एक अर्काप्रतिको माया अनि आदर समेतिएको हुन्छ।

बिहेमा हुने सबै क्रियाकलापहरु जस्तै फोटो खिच्ने, भिडियो खिच्ने, गीत गाउने, डान्सको प्रोग्रामको साथै अन्य प्रोग्राम हरु पनि रमाइलो संग भयो। स्वदेशी भूमिमा जस्तै बिदेशी भूमिमा पनि हाम्रो परम्परागत रुपमा गरिने बिहेको पुजा पाठहरू पनि यथावत् रुपमै भयो। । हामी साथीभाई आफन्त हरुसंग भेटघाट गर्दै बिभिन्न ठाउँ हरुमा घुम्दै केहि दिन पछि आफ्नो घरतर्फ लाग्यौ।

कुनै पनि बिहे को प्रोग्राममा जादा धेरै जसो त्यहि कुरो देखिन्छ, जुन कुराले मलाई घरि घरि झस्काउञ्छ। हो हरेक संस्कृति रितिरिवाजको आ आफ्नै सुन्दर र आकर्षक पहिचान हुन्छ। आफ्नै सस्कार हुन्छ तर कुनै कुनै चलनहरु मलाई पटक्कै मन पर्दैन। सायद कतिपयलाई पनि मन पर्दैन होला। त्यो हो आधुनिक युगमा पनि पहिले झैँ दुलहीको आमा बाबाले ज्वाइको खुट्टा पखालेर पानी पिउने, अनि दुलहीलाई दुलाहाको खुट्टा ढोगाउने, हो इज्जत आदर भन्ने कुरा सबैले सबैलाई गर्नुपर्छ। आफूभन्दा ठुलाको आदर गर्नु सराहनिय कुरो हो, तर त्यसो भन्दैमा खुट्टैमा ढोग्न लगाउने ठिक छैन। यदि आफु खुशी ढोगीन्छ भने ठिकै छ नत्र कसैको करले भने ठिक छैन। अनि दुलहीको आमा बाबाले ‘छोरीलाई मारे पाप पाले पुण्य’ भन्ने जस्ता शब्दहरु दुलाहाका अभिभाबकहरुलाई हात जोरेर भन्ने जस्ता कुराहरु मलाई पटक्कै मन पर्दैन।

छोरीलाई दुलाहाको घरमा बुहारीको रुपमा भित्रिदा दुलही हुदा देखि नै सबैको खुट्टामै आफ्नो शिर ले छुवाएर धोगाउने ? त्यसको साटो टाउको मात्रै झुकाएर आफु भन्दा ठुलालाई ढोगे हुदैन र ? हो हाम्रो परम्परागत सस्कृति रीतिरिवाजलाई जोगाई राख्नुपर्छ तर त्यहाँ पनि कतिपय नराम्रा कुराहरु लुकेका हुन्छन, जसले कसैलाई चोट पुर्याउछ। त्यस्ता कुराहरुमा सुधार ल्याउनुपर्छ। एउटा सभ्य समाज अनि परिवारको लागि अनुशासन, मान मर्यादाको महत्वपूर्ण भूमिका हुन्छ। तर त्यसो भन्दैमा कसैको एक प्यारी छोरी, मुटुको टुक्रा, जो आफु जन्मेको घर आगन, आमा बाबा, सबैलाई छोडेर आफ्नोलाई पराई झैँ गरि पराईलाई आफ्नो बनाएर सबै त्यागेर छोरीबाट दुलही बनेर अर्काको घर जान लागेकी हुन्छे। तिनलाई दुलही बनेर अर्काको घर जानु अघि नै बिहेको पुजापाठ हुदा देखि नै दुलाहा देखि लिएर दुलाहाका पक्षका सबैलाई खुट्टा ढोगाउने, दुलहीको आमा बाबा लगाएत अन्य सदस्यले दुलाहालाई भगवानको रुप मानेर दुलाहाको खुट्टा पखालेको पानी पिउने जस्ता रिति रिवाज ठिक छ त् ? यस्ता कुराहरु मलाई पटक्कै मन पर्दैन सायद कतिपयलाई पनि मन पर्दैन होला। अनि ‘छोरीलाई मारे पाप पाले पुण्य’ भन्ने जस्ता शब्दहरु दुलाहा पक्षलाई दुलहीको बाबा लगायत अन्यले हात जोडेर भन्ने, के दुलही कुनै जनावर हो ? जनावरलाई पनि भनिंदैन आजकल त्यस्तो। म त् एकदम बिरोध गर्छु यस्ता कुराहरुमा। हुन् सक्छ ब्यबहारमा लागु नहोला तर परम्परा देखि चलिआएको भनेर भन्ला तर त्यो एकदम गलत हो। ति कुराहरु आजको आधुनिक युगलाई पटक्कै सुहाउदैन तसर्थ त्यस्ता कुराहरुलाई निरन्तरता दिनु ठिक छैन।

दुलाहा दुलही बन्नु भनेकै एकअर्काको जीबन साथी बन्नु हो। जिबनमा आइपर्ने हरेक सुख दुखमा एकले अर्कालाई साथ् दिन्छु भनेर बाचा बाढेको हो अनि दुलाहाको परिवार र दुलहीको परिवार दुवै एउतै परिवार जस्तो बन्नु हो होइन र ? आनन्ददायी, सरल, सफल, स्वस्थ्य परिवारको लागि दुलाहा दुलही दुबैको महत्वपूर्ण भुमिका हुन्छ। जसको परिवार प्रतिको बराबर दायित्व हुन्छ पनि । जो परिवार रुपी रथका दुई बराबर पाग्रा हुन् पनि भनिन्छ होइन र ? न कि दुलाहा भगवान दुलही दाशी।

रजनी (कन्चन) मल्ल 

प्रतिक्रिया