कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते आह्वान

इनेप्लिज २०८० जेठ १० गते १:१२ मा प्रकाशित

विराटनगर,९ जेठ(रासस): कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ वजे आह्वान गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको यही जेठ ८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम सो आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया