काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यसअघिका संसदीय दलका नेता रामसहाय प्रसाद यादव थिए I उनी उपराष्ट्रपति बनेपछि संसदीय दलको नेता को हुने भन्नेमा आन्तरिक रुपमा छलफल भइरहेको थियो ।
पार्टी अध्यक्षसमेत रहेका यादव वैशाख १० को उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया