मुख्यमन्त्री कार्की –प्रदेश योजना आयोग उपाध्यक्ष उप्रेती सपथ ग्रहण

इनेप्लिज २०८० जेठ ७ गते १५:२७ मा प्रकाशित

विराटनगर,७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीलाई आज यहाँ सपथ ग्रहण गराउनु भयो ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आयोजित समारोहमा उपाध्यक्ष प्रा उप्रेतीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले यस प्रदेशलाई समुन्नत प्रदेशको रुपमा विकास गर्नु अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनु भयो ।

उहाँले योजना आयोगका उपाध्यक्षको नेतृतत्वदायी भूमिकाबाट समृद्ध नेपाल , सुखी नेपालको अभिभारालाई पुरा गर्ने सफलता प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई नामाकरण भन्दा अगाडि प्रदेश नं १ जस्तै कामको हिसावले प्रत्येक क्षेत्रमा पहिलो बनाएर देखाउनु पर्ने जिम्मेवारी हामीसबैको काँधमा आएकोे विचार राख्नु भयो ।

कृषि उत्पादनको वृद्धि, रोजगारको सिर्जना, उत्पादकत्वको वृद्धि र कामको लागि विदेश पलायन हुने युवाहरुको ‘ब्रेनड्रेन’ लाई आन्तरिक रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिदै उहाँले आन्तरिक राजश्व क्षेत्रलाई बलियो बनाई प्रदेशका जनतालाई नमुना योग्य भएर काम दिनु हाम्रो दायित्व रहेको धारणा राख्नु भयो ।

नव नियुक्त उपाध्यक्ष प्रा उप्रेतीले उपलव्ध स्रोत र साधनको अधिकतम उपयोग गरी प्रदेशलाई समृद्धि कायम गर्ने भूमिकामा अडिग रहने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

प्रतिक्रिया