बाइडेनले ३७ बिलियनको नयाँ सहायता संपुष्टि युक्रेनलाई दिने घोषणा गरे पछि जेलेन्स्कीद्वारा बाइडेनलाई धन्यवाद

इनेप्लिज २०८० जेठ ७ गते १४:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले ३७ बिलियन डलरको नयाँ सहायता संपुष्टि युक्रेनलाई दिने घोषणा गरे पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनलाई धन्यवाद दिएका छन् ।

जेलेन्स्कीले राष्ट्रपति बाइडेनलाई आइतवार संयुक्त राज्य अमेरिकाले प्रदान गरेको “शक्तिशाली” आर्थिक सहयोगको लागि धन्यवाद दिएका हुन् ।

जेलेन्स्कीले “हाम्रा जनताको तर्फबाट कृतज्ञता। हामीसँग प्रगाढ सम्बन्ध भएकोमा म खुसी छु, “जेलेन्स्कीले भने, “हामीले हाम्रो देशको रक्षा क्षमतालाई सुदृढ गर्न थप सहयोगको बारेमा छलफल गर्यौं।”

बाइडेनले यसअघि जापानमा भएको जि७ शिखर सम्मेलनमा जापानमा जेलेन्स्कीसँग भेट्दा ३७५ मिलियन डलरको सैन्य सहायता संपुष्टि (प्याकेज )घोषणा गरेका थिए, जसमा गोलाबारूद, तोपखाना र सवारी साधनहरू समावेश रहेका छन्।

“संयुक्त राज्य अमेरिकाले आफूलाई बचाउन युक्रेनको क्षमतालाई बलियो बनाउन हामी सक्दो सहयोग गर्न जारी राख्छ,” बाइडेनले एफ-१६ लडाकु विमानहरूलाई युक्रेनमा जान अनुमति दिने र युक्रेनी बिमानचालकहरूलाई संयुक्त राज्य अमेरिकामा विमानमा प्रशिक्षण दिने हालैको निर्णयलाई उद्धृत गर्दै भने।

बाइडेनले रुसमाथिको नयाँ प्रतिबन्धले “हामीले पुटिनलाई उनका समर्थकहरूलाई जवाफदेही बनाउन दबाब दिने कुरा सुनिश्चित गर्ने बताए ।

प्रतिक्रिया