भुटानी शरणार्थी प्रकरणमा ओलीको चुनौती : मेरो पालामा गडबडी भएको छैन

इनेप्लिज २०८० जेठ ७ गते ११:१३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन् । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिए ।

आइतबार संसद् बैठकमा बोल्दै ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी गरे । उनले भने, ६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो ।

त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछिल्लो सरकारको पालामा कागज फेरियो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’

यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको हो भूकम्प आफै आउछ, कसैले ल्याउनु पर्दैन उनले बताए । यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने ।

तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा पनि ओलीले आपत्ति जनाए ।

प्रतिक्रिया