सत्य घटना मा आधारित विभत्स सिनेमा: द केरला स्टोरी

नवीन रायमाझी २०८० जेठ ६ गते २३:०९ मा प्रकाशित

भारत को केरला राज्य मा बिभिन्न धर्म का युवती हरुलाई जबर्जस्ती मुश्लिम धर्म अपनाउन लगाएको सत्य घटना मा आधारित र सुदिप्तो सेन द्वारा निर्देशित सिनेमा “द केरला स्टोरी” शुक्रबार (१२ मे) अमेरिका मा रिलिज गरिएको छ। यो सिनेमा को ट्रेलर रिलिज हुँदा नै भारत मा बिभिन्न बिबाद निस्केको थियो तर निर्माण पक्ष ले अदालत को निर्णय पश्च्यात सिनेमा रिलिज गरेको हो। काल्पनिक कथा मा सिनेमाको निर्माण गर्दा प्राप्त हुने “सिनेमेटिक लिबर्टी” सत्य घटना मा आधारित सिनेमा को निर्माण गर्दा प्राप्त हुँदैन र यस्ता सिनेमा निर्माण गर्दा धेरै प्रकार का अफ्ठ्यारा हरुको सामना गर्नु पर्दछ।

सिनेमा को कथा अनुसार चार युवती शालिनी उन्नीकृष्णन (अदा शर्मा ), गितान्जली मेनन (सिद्धि इदनानी), निमाह म्याथ्यु (योगिता बिहानी) र आसिफा (सोनिया बलानी) एक नर्सिङ्ग कलेज का बिधार्थी हुन् र चारै जना एक कोठा मा बस्छन। आसिफ़ा को काम बाँकी तिन जना साथी हरुलाई मुश्लिम धर्म अपनाउन लगाएर इस्लामिक स्टेट अर्थात आइ एस नामको आतंकबादी समुह को सदस्य बनाउनु पनि हो। यो कार्यमा आसिफ़ा ले आफ्ना सहयोगी हरु सँग मिलेर बाँकी का युवती हरुलाई मुश्लिम धर्म अपनाएर समुह को सदस्य बन्न दबाब दिन्छिन। त्यसको लागि उनले लागु पदार्थ को सेबन गर्न लगाउने देखि आफ्नो आफ्नो धर्म र परिवार प्रति घृणा फैलाउने सम्म को काम गर्छिन। आसिफ़ा को एक सहयोगी ले शालिनी लाई प्रेम जाल मा पार्छ र धर्म परिबर्तन गर्न लगाएर उनको नाम परिबर्तन (फातिमा) सम्म गर्छ। त्यसपछि फातिमा गर्भवती हुन्छिन र पाकिस्थान र अफगानिस्थान को बाटो लुकेर सिरिया पुग्छिन। यता भारतमा बाँकी तिन युवती हरुको जिबन झन् झन् कष्टदायक हुन्छ। के आसिफ़ा आफ्नो योजना मा सफल हुन्छिन? यस प्रश्न को उत्तर थाहा पाउन सिनेमा नै हेर्नुपर्छ।

अभिनय को कुरा गर्दा लगभग सबै कलाकार हरु नयाँ छन् र सबैले आफ्नो आफ्नो काम राम्रो गरेका छन्/ कार्यशाला को आयोजना गरेर छ्नेका कलाकार भएको कारण सबै कलाकार हरुको अभिनय “टाइप्ड” छ। निर्देशक सेन ले कथा र पात्र को सहारा मा अत्यन्तै सम्बेदनशील सिनेमा को निर्माण गरेका छन्। गरिब, बेरोजगार र अपरिपक्क्व युबा बर्ग हरुलाई प्रलोभन मा पारेर आतंकबादी समुह मा लग्ने बिषय कुनै नौलो होइन तर धनाढ्य परिवार का र पढे लेखेका युवती हरु सजिलै आफ्नो साथी ले भनेको खुरु खुरु मानेको भने अलि पच्दैन। सिनेमा मा हिँसा र बलात्कार को दृश्य यति धेरै छ कि दर्शक लाई वाक्क लाग्न सक्छ। सिनेमा मा धार्मिक भाबना मा चोट पुग्ने सम्बाद हरु छन् त्यो पंक्तिकार लाई भने राम्रो लागेन। सिनेमोटोग्राफ़र प्र्शान्तनु मोह्पात्रा ले पाकिस्थान, अफगानिस्थान र सिरिया को सुन्दर दृश हरुलाई आफ्नो क्यामरा मा कैद गरेका छन्। सन्जय शर्मा को सम्पादन मा धेरै ठाउँ मा खोट लगाउन सकिन्छ, उनले दृश लाई लामो बनाएका छन्।

सिनेमा हेर्दा निर्देशक ले कथा बस्तु भन्दा पनि हिँसा लाई महत्व दिएको जस्तो लाग्छ/ सत्य घटना मा आधारित र हिँसा मन पराउने दर्शक हरुलाई यो सिनेमा राम्रो लागे पनि पंक्तिकार जस्तो हिँसा बिहिन सिनेमा मन पराउने दर्शक हरुलाई यो सिनेमा मन नपर्न पनि सक्छ।

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया