विराटनगर,५ जेठ । विराटनगर महानगरपालिकाले आज नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
महानगरका प्रमुख नागेश कोइरालाले पालिकामा आज आयोजित कार्यक्रममा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत लगायत पदाधिकारीलाई सम्मान गर्नु भएको छ ।
सो अवसरमा प्रमुख कोइरालाले महानगरपालिकाले शुरु गरेको स्वच्छ, सफा र सम्मुनत र हराभरा बनाउन सङ्घले सहयोग गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
महानगरपालिकालाई समृद्धि र जनताको विकास प्रतिचाहना एवं रोजगारी सिर्जना गर्ने कार्यमा आवश्यक सहयोग उपलव्ध गराउन सङ्घसँग हातेमालो गरिने हिड्ने बताउनु भयो ।
महासङ्घका प्रदेश अध्यक्ष राउतले पुराना उद्योगी व्यवसायी वसोवास गर्ने यस स्थानमा महानगरपालिकाले उनीहरुको समस्या समाधानमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिदै महानगरको समृद्धिमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले नगरका जनतालाई गुणस्तरीय सेवा प्रभावको अनुभूति गराउने बताउनु भयो ।
उक्त अवसरमा महासङ्घका सम्पूर्ण पदाधिकारी एवं यस क्षेत्रका उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया