अमेरिकाको ओरेगन राज्यको एक राजमार्ग सवारी दुर्घटनामा ७ जनाको मृत्यु

इनेप्लिज २०८० जेठ ५ गते ११:१९ मा प्रकाशित

अमेरिकाको ओरेगन राज्यको एक राजमार्ग सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उक्त दूर्घटना ओरेगनको अन्तरराज्यीय (इन्टरस्टेट )राजमार्ग ५ मा भएको हो ।

ओरेगन राज्य प्रहरी बिभागले दुई अर्ध मालबाहक सवारी साधन (सेमी ट्रक )र एक यात्रु सवारी साधनसंग भएको दुर्घटनामा सात जनाको मृत्यु भएको र अन्य घाइते भएको बताएको छ ।

पश्चिमी ओरेगनको एक कृषि क्षेत्रमा गत बिहीबार दुर्घटना भएको हो । प्रहरी अधिकारीहरूले करिब दिउसो २:०५ बजे खबर पाएको र त्यहाँ पुगेका थिए ।

दुई अर्ध मालबाहक सवारी साधन र एउटा यात्रुवाहक सवारीसाधन उत्तरमा सान्टियम विश्राम क्षेत्र नजिकै उत्तरतर्फको मार्गमा ठोक्किँदा दुर्घटना भएको ओरेगन राज्य प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

सात वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ, तर कति जना घाइते भएका छन् भन्ने खुलाइएको छैन। दुर्घटनाको कारण अनुसन्धान भइरहेको थियो।

उक्त राजमार्गको उत्तरतर्फको मार्ग (लेन)हरू दुर्घटनाका कारण बन्द भएपछि बिहीबार राती फेरि खोलिएको राज्य यातायात अधिकारीहरूले बताए ।

अल्बानी सलेम र यूजीनको बीचमा पर्दछ । पोर्टल्याण्डको दक्षिणमा लगभग ७० माइल (११३ किलोमिटर) छ। अन्तरराज्य- ५ राजमार्ग पश्चिमी तटमा मुख्य उत्तर-दक्षिणमा रहेको अन्तरराज्यीय राजमार्ग हो।

प्रतिक्रिया