अंग्रेजी ट्रेलरमा यस्तो देखियो ‘बाटो : रोड टु डेथ’

इनेप्लिज २०८० जेठ ५ गते १०:५९ मा प्रकाशित

काठमाडौंँ । फिल्म ‘बाटो : रोड टु डेथ’को अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको छ । केही अगाडि सार्वजनिक नेपाली ट्रेलरको राम्रो चर्र्चापछि निर्माण युनिटले अंग्रेजी ट्रेलर ल्याएको हो ।

यो ट्रेलरमा पनि साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा फिल्म भित्रको कथा भने केही पनि खुलाइएको छैन । ट्रेलर हेर्दा निकै आकर्षक छ ।

साउथ इन्डियन (दक्षिण भारतिय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’ फष्टलुकले राम्रै चर्चा पाएको थियो ।


काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।

भारतको चेन्नाइमा उत्कृष्ट प्राबिधिक कार्यभइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार हुनेछ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन ।

फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो । फिलमको प्रदर्शन मिति छिट्टै सार्वजनिक हुने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया