मुलुकको नेताहरू र सांसदहरूको चरीत्र कोही नेपाली नागरिकहरु बेच्ने, कोही भ्रष्टाचार गर्ने, कोही हत्याकाण्ड गर्ने, कोही सुन तस्करी गर्ने, कोही कालोबजारी गर्ने र कोही बलात्कार गर्ने आदि इत्यादि काण्डै काण्ड छन ।
सांसदहरू र नेताहरूको भ्रष्टाचार काण्डै काण्ड छन ओम्नि भ्रष्टाचार काण्ड, यति भ्रष्टाचार काण्ड, ७० करोड भ्रष्टाचार काण्ड, बालुवाटार (ललिता निवास काण्ड), नक्कलि लडाकु प्रकरण (क्यान्टोनमेन्ट काण्ड), सिसि टिभि फुटेज काण्ड, नेपाल स्टक एक्स्चेन्ज काण्ड, ढाका राम श्रेष्ठ को साडे २ करोड काण्ड, कृष्ण बहादुर महरा ५० करोड काण्ड, पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार काण्ड, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार काण्ड, बालुवाटारको सरकारी जग्गा बेचबिखन काण्ड, सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार काण्ड, कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार काण्ड, कोरोना भाइरसको महामारीमा सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको काण्ड, नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग भएको काण्ड र ३३ किलो सुन तस्करी काण्ड यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन ।
प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित कैलालीको टीकापुरमा नौ जनाको हत्याकाण्ड, निर्मला पन्त बलात्कार काण्ड, अपहरण काण्ड र अब हुँदाहुँदै नेपाली नागरिकहरु बेचबिखन काण्ड (मानव तस्कर काण्ड) मुलुकमा भ्रष्टाचार काण्ड, हत्याकाण्ड, सुन तस्करी काण्ड, बलात्कार काण्ड, कालोबजारी गर्ने काण्ड र मानव तस्करी काण्ड आदि इत्यादि नेताहरू र सांसदहरूको काण्डै काण्ड छन । यतिका काण्ड हुँदाहुँदै अझै राजनीति पार्टीका कार्यकर्ता र दासहरुलाई हाम्रो नेताहरू र सांसदहरू भन्न लाज लागेको छैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया