विराटनगर, ३ जेठ(रासस):आन्तरिक राजश्व कार्यालय विराटनगरले दुई ठूला उद्योगबाट ठूलो राजस्व वापत ठूलो रकम उठाउनु पर्ने देखाएको छ ।
अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाँइ साझेदारबाट संचालित अवनिश एग्रीगेट इण्डस्ट्रिज उद्योगबाट रु दुई अर्व ४४ करोड राजश्व असुल उपर गर्नु पर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिवी क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाँई साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट रु एक अर्व ३३ करोड कर असुल उपर गर्नुपर्ने कार्यालय प्रमुख डा क्षेत्रीले बताउनुभयो ।
लामो समयदेखि राजस्व नबुझाएकाले यी साझेदार रहेका उद्योगबाट राजस्व असुल उपर गर्न कानूनका सबै प्रक्रिया अवलम्बन गरिने प्रमुख डा क्षेत्रीको भनाई छ ।
त्यस्तै मुरारका र प्रसाँईकै संयुक्त्त रुपमा सञ्चालनमा रहेको मोरङको बेलबारी स्थित ओम साईबाबा क्रसर उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्नु पर्ने विद्युत महशुल करिब रु.४९ लाख पनि बक्यौतामै राखेको नेपाल विद्युत प्राधिकरण कार्यालयले जनाएको छ ।
सम्बन्धमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिवी क्षेत्रीले राजस्वका विषयमा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै राजस्व कसैले पनि मास्न सक्दैन सरकारले कानून बमोजिम असुल उपर गर्ने नै छ भत्रुभयो ।
प्रतिक्रिया