मन्त्रिपरीषद्को बैठकको निर्णयहरु

इनेप्लिज २०८० जेठ ३ गते २२:४२ मा प्रकाशित

विराटनगर, ३ जेठ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोशी प्रदेशको आज बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत रु एक लाख ७५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । पीडित बालिकाको कीर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ ।

बैठकले प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको छ । सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’ भनि दुइ पटक सम्म स्पस्टीकरण माग्दा पनि चित्त बुझ्दो स्पस्टीकरण नदिएकाले उहाँलाई पदबाट हटाइएको निर्णय भएको हो ।

यस्तै, आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ मा उल्लेख भए बमोजिम आर्थिक रुपले विपत्र नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत रु एक करोड ५० लाख थप बजेटका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया