प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय वार्षिक प्रतिवेदन हस्तान्तरण

इनेप्लिज २०८० जेठ ३ गते ११:०१ मा प्रकाशित

विराटनगर,३ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले आज यहाँ वार्षिक प्रतिवेदन वुझाएको छ।

प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो ।

कार्यालयले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम वार्षिक प्रतिवेदन वुझाएको हो ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवं प्रचलित ऐन कानूनले तोके वमोजिम काम कर्तव्यहरु कार्यालयले सफलतापूर्व सम्पन्न गर्न सफल भएको विश्वास लिएको बताउनु भएको छ ।

उहाँले दरबन्दी अनुसारको कर्मचारीको अभाव भएपनि मेहनतका साथ कार्य सम्पादन भएकोमा खुशी व्यक्त्त गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले विराटनगर वाहिर विभिन्न स्थानहरुमा कार्यालयवाट इजलास स्थापना गरी कार्यहरु सम्पादन भएको जानकारी प्राप्त भएको बताउनु भयो ।

मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानून वमोजिम कार्यहरु सञ्चालन गर्ने , प्रदेश उपर दायर गरेको मुद्दा उपर प्रतिरक्षा गर्ने र सरकारलाई कानूनी परामर्श दिने मुख्य तीन कार्य रहेको बताउनु भयो ।

प्रतिक्रिया