छोराको नाममा आरजुले खाएको कसम झुटो साबित भए के हुन्छ ? आरजुको कसमलाई कानुनले बिश्वाश गर्छ कि गर्दैन ? (भिडियो सहित)

इनेप्लिज २०८० जेठ २ गते १०:५० मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लेनदेनको अडियो सार्वजनिक भएपनि आफूले एक पैसा नलिएको काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणाले दाबी गरेकी छिन् ।

टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले छोरा जयवीर देउवाको कसम खाँदै एक पैसा नलिएको दाबी गरेकी हुन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपालीबाट करोडौं रुपैयाँँ संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा अहिले ‘हाईप्रोफाइल’ नै प्रहरीको हिरासतमा छन् ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि गृहसचिव र तिनका छोराहरु पनि मुछिएपछि देश तरंगित बनेको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई यसअघि नै पक्राउ गरेको छ भने पूर्व उपप्रधानमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् ।

यसैबीच यो प्रकरणमा देउवा पत्नी आरजु राणा देउवा र पक्राउ परेका बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणको संलग्नताको चर्चाले अनुसन्धानलाई थप चोटीलो बनाएको छ ।

उक्त अडियो ‘फेक’ भएको भन्दै राणाले प्रहरीको साईबर ब्युरोमा उजुरी नै दिएपछि प्रहरीले यस विषयमा थप छानबिन सुरु गरेको छ । तर, नागरिकस्तरबाट भने आरजु राणा र मन्जु खाँणलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थाल्नुपर्ने चर्को दबाब आईरहेको छ ।

प्रतिक्रिया