जग्गादाता अधिकारी परिवारलाई सम्मान

इनेप्लिज २०८० जेठ २ गते ०:१० मा प्रकाशित

विराटनगर १ जेठ । कश्यप गोत्रीय गजाधर अधिकारी कुल देवता सेवा समाज, सुनसरीले जग्गादाता परिवारलाई आज यहाँ सम्मान गरेको छ ।

संस्थाको प्रयोजनका लागि जग्गा प्रदान गर्ने आजीवन सदस्य एवं जेष्ठ नागरिक पूर्णबहादुर अधिकारी सहित उहाँकी छोरी सरस्वती अधिकारी कार्कीलाई आइतबार सम्मान गरिएको हो ।

पूर्णबहादुरको परिवारले मोरङको बुढीगंगा गाउ“पालिका वडा नं. ४ स्थित गोकुवामा संस्थाको प्रयोजनका लागि दुई कठ्ठा जग्गा प्रदान गर्नु भएको संस्थाले जनाएको छ ।

गोकुवामा अधिकारी बन्धुहरूको सामूहिक गोठधूप र कुलपूजा (देवाली)का लागि हालै शिलान्यास गरिएको क्षेत्रपाल रूमाल बिन्ध्याबासिनी मन्दिरको नियमित आन्दानीको स्रोतका लागि पूर्णबहादुर परिवारका तर्फबाट जग्गा प्रदान गरिएको समाजका अध्यक्ष हेमप्रसाद अधिकारीले बताउनु भयो ।

खोटाङको ऐ“सेलुखर्क गाउ“पालिका वडा नं. ६ अन्तर्गत साविक ज्यामिरे गाउ“ विकास समितिको वडा नं. ८ ज्यामिरे र वडा नं. ९ धुलपुरे पुख्र्यौली थातथलो भएका गजाधर अधिकारीका सन्ततीद्वारा सामूहिक गोठधूप र कुलपूजाका लागि मन्दिर निर्माण गर्न लागिएको उहाँले जानकारी दिनु भयो ।

हाल छोरी सरस्वतीस“गै काठमाडौंमा बस्दै आएका जग्गादाता पूर्णबहादुरले मन्दिरको नियमित पूजाआजाका साथै संस्थाको स्थायित्वका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो परिवारका तर्फबाट घोषणा गरेबमोजिमको जग्गा हस्तान्तरण गरिएको बताउनु भयो ।

मन्दिर निर्माणका लागि समेत आफ्नो परिवारका तर्फबाट सक्दो आर्थिक सहयोग उपलब्ध गराउन प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

खोटाङबाट बसाईं सरेर हाल सप्तरी, सुनसरी र मोरङका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गजाधर अधिकारीका सन्ततीको पहलमा सामूहिक गोठधूप र कुलपूजाका लागि बिन्ध्याबासिनीको मन्दिरसहितको भौतिक संरचना निर्माणको तयारी भइरहेको समाजका अध्यक्ष अधिकारीले बताउनु भयो ।

सामूहिक गोठधूप र कूलपूजालाई व्यवस्थित बनाउ“दै भावी पुस्तालाई पुख्र्यौली संस्कार हस्तान्तरण गर्ने उद्देश्यले संस्थाका सदस्य खिलाराज अधिकारीको संयोजकत्वमा पा“च सदस्यीय समिति गठन गरी मन्दिरलगायतका भौतिक संरचना निर्माणको जिम्मेवारी दिइएको छ ।

संस्थाका आजीवन सदस्य, गजाधरका सन्ततीका साथै भाइबन्धु र शुभेच्छुकहरूबाट समेत आर्थिक सहयोग संकलन गरी मन्दिरलगायत आवश्यक भौतिक संरचना निर्माणको योजना रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया