खगेन्द्र प्रसाद आचार्य
च्यातिएको फुल
ए चन्द्रमा!म शक्तिवान सुर्य भएर पनि,
मेरा प्रेमका लहरका झोकाहरु,
तिम्रा पृतका रङ्गमा रङ्गिन सकेनन् ।
तिम्रो दिलको बगैचामा फुल्न सकेनन ।
तिम्रा आँसुको साक्षी बन्न सकेनन ।
तिम्रा पृतका कयौं सरगमहरु ,
पवनका लहरसग बगि रहे,
हेरि रहे म आँखा लुकाएर,
दुखभरि हासो ओठमा दबाएर,
एक्लो जिवनको यात्रामा दौडिरहे ।
म सग बाकी नै के रयो र चन्दमा?
चुडनेले चुडिहाली लुटनेले लुटिहाली ।
भाग्य गलत लेखिएको भनौ कि ?
समय गलत थियो म जन्मिएको बेला।
मन्दिर पुगेर च्यात्तिएको फुल झै भए ।
घाट पुगेर फर्किएको लाश झै भए।
मलाई दुख लाग्न छोड्यो चन्द्रमा ।
च्यातिनु र जोडिनुमा लाग्दैन् फरक ।
तिमिलाइ दुख हुँदा दुख्ने दुख कि ?
तिमी खुसी हुदा खुसी हुने खुसी कि?
के दिउ तिमीलाई आफै भन ?
च्यातिए पछि जोडिन सक्दिन म ।
माया बाढे माया झन बढछ,
मायाको हागा फैलिन्छ सुनेको थिए।।
म त अब रित्तो भएको रहेछ ।
न माया न हासो न खुसी नै छु।
तिम्रो प्रेमको घैटो भरिउन्जेल,
मेरो मायाको पिधसम्म पुगेको छैन।
कसैबाट माया पाएर बाच्नु नपरोस।
माया दिएर मरे कुनै दोष नलागोस भगवान ।
मेरो माया तिम्रा पृत्तका रङ्गमा,
रङ्गिन पाएनन् चन्द्रमा ।
तिम्रो दिलको बगैचामा फुल्न सकेनन् ।
मन्दिर पुगेर च्यात्तिएको फुल झै भए,
जुठेल्नामा फ्याकेको जुठो भात झै भए।
आशा भरोसा टुटेको जिउदो लास झै भए।
यो ज्यानलाइ सन्जिबनीको रस पिलाएर,
फेरि जिवित पार्न न खोज प्रिय ।
यो धर्तीलाई उज्यालो पार्ने सुर्य भए पनि
मेरो मायाको उज्यालो दिन सकिन् तिमिलाइ ।
तिमी रातिमात्र चम्किने चन्द्रमा भयौ ।
म दिनभरी दौडिने सुर्य भए ।
यहि भयो बिडम्बना हाम्रो जिवनमा ।
खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर् बिकास समाज
प्रतिक्रिया