माया गरेका दिनहरू…………..

गोबिन्द राज ओझा (राजन) २०८० जेठ १ गते ११:२३ मा प्रकाशित

माया गरेका दिनहरू सम्झाउन आयौ
रातको समयमा पूर्णिमाको जुन भएर आयौ
पिपलको चौतारीमा बस्न मन लाग्छ
तिमिले मनमा बास गर्नुपर्छ

हराउँछु म अर्को गाउँमा गएर
नबिर्सने माया दियौ आफ्नो सम्झेर
कसरी फुल्न आयौ मेरो मनमा
समय बिताएको छु उनको कल्पनामा

आएर मलाई हँसाएर गयौ
मनमा खुसीले भरेर गयौ
भावनामा अनेक शब्दहरू लेखे
बाध्यता थियो र यहाँबाट हिँडे

त्यो मनमा मायाको रङ्ग बसायौ
माया गरेका दिनहरू सम्झाउन आयौ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया