एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

इनेप्लिज २०८० जेठ १ गते ११:०४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराएका छन् ।

पूर्व ऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया