ज्वलन्त सामाजिक समस्या मा आधारित दर्सनिय सिनेमा: अफवाह

नवीन रायमाझी २०८० वैशाख ३१ गते १५:१३ मा प्रकाशित

हजारौँ ख्वाइसे ऐसी, धारावी, चमेली र ए साली जिन्दगी जस्ता ज्वलन्त सामाजिक समस्या हरुमा आधारित अर्थपूर्ण सिनेमा को निर्देशन गरिसकेका सुधिर मिश्राले नयाँ सिनेमा “अफवाह” लिएर आएका छन्, जो गएको हफ्ता रिलिज भएको हो/ अफवाह अर्थात हल्ला भुस को आगो जस्तो हो र यसले कस्तो रुप लिन्छ भन्ने दुर्घटना भए पछि मात्र सबैलाई थाहा हुन्छ/ यो सिनेमा को कथा आजको समय सबैको टाउको दुखाइ भएको मोबाइल फोन र सामाजिक सन्जाल मा फ़ैलाइने “हल्ला” र त्यसलाई प्रमाणित गर्न अपलोड गरिने भिडियो लाइ कसरी “भाइरल” बनाउने र त्यसबाट हुने समस्या मा आधारित छ/ सामाजिक सन्जाल मा पाइने अर्थहीन भिडियो ले समाज मा ल्याउने बिकृति आफ्नो स्थान मा छ र त्यस्ता भिडियो हरुलाई वास्तविक मान्ने ठुलो जमात को कारण पनि अनेकौँ समस्या हरुको सृजना भएको कुरा लाइ नकार्न सकिन्न/

सिनेमा सम्बलपुर नामक स्थान मा आयोजना भएको राजनैतिक जुलुस बाट सुरु हुन्छ/ जुलुसमा कथित युबा नेता विक्की सिंह (सुमित ब्यास) ले आफ्नो सहयोगी तथा स्थानीय गुन्डा चन्दन सिंह (शारिब हाशमी) को सहयोग मा आफु माथि नै आक्रमण गर्न लगाउँछ र त्यो घटना लाई जातीय दङ्गा मा प्रमाणित गर्छ/ त्यस्तै केही समय अघि अमेरिका बाट फर्केकी र बिक्की सिंह सँग बिबाह बन्धन मा बाधिने तयारीमा रहेकी निबी ( भुमि पेड्नेकर) र उसलाई गुन्डा सँग बचाउने रहाब अहमद (नवाजुद्दीन सिद्दीकी) र त्यिनी हरुलाई बर्बाद गर्नको लागि निर्माण भएको झुटो भिडियो र त्यो भिडियो भाइरल भएपछी समाजमा हुने समस्या र यसको कष्टदायक असर कस्तो हुन्छ भनेर बुझ्न भने सिनेमा नै हेर्नुपर्छ/

अभिनय को प्रसँग उठाउँदा सबै कलाकार हरुको अभिनय उत्कृष्ट छ/ यौन शोषण को शिकार भएकी महिला प्रहरी रिया राठौड (टि जे भानु) को अभिनय एक श्रेणी माथि नै छ भने अन्य सह कलाकार हरुको अभिनय मा पनि खोट लगाउने ठाउँ छैन/ सिनेमा को पहिलो भाग निरस भए पनि दोश्रो भाग ले दर्शक लाई बाँधेर राख्न सफल छ/ सिनेमा को स्क्रिप्ट निर्देशक स्वयम ले निसर्ग मेहता र शिब शङ्कर बाजपेयी सँग मिलेर लेखेका छन्, जुन सम सामयिक छ/ सिनेमा ले मन गड्न्ते समाचार (फेक न्युज) को साथै पितृसत्ताक सोच, यौन शोषण र सांप्रदायिकता जस्ता बिषय बस्तु लाई पनि उठाउने प्रयास गरेका छन्/ निर्देशक मिश्रा ले सिनेमा मा “थ्रिलर” लाई कायम राखेर र क्लाइमेक्स सम्म दर्शक लाई कौतुहल मा राख्न सफल छन्/ सिनेमेटोग्राफर मोरसियो विडालले राती को भयाबह दृश्य लाई सजिबता दिएका छन, साथै अतानु मुखर्जी को सम्पादन, रियाज र सोहिल हबिब को द्वन्द र करेल अण्टोनिन को सङ्गीत सबै उच्च स्तर को छ/ राजस्थानी लोक गायक द्वय मामे खान र सुनेत्रा बनर्जी ले स्वर मा रहेको लोक गित “आज ए बसन्त मे गहरा असर… ” भाषा नबुज्ने लाई पनि कर्णप्रिय लाग्न सक्छ/

सामाजिक सन्जाल को दुरुपयोग ले समाज मा कस्तो उल्टो असर पर्छ भन्ने बुझ्न र अर्थपूर्ण सिनेमा का दर्शक हरुले यो सिनेमा एकपटक अबश्य हेर्नुहोला/ दक्षिण भारतीय उडन्ते र बकम्फुसे सिनेमा का दर्शक हरुलाई भने यो सिनेमा बोझिल लाग्नसक्छ/
@twitter#naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया