ट्रम्पले पुन : बिजयी भएमा युक्रेन युद्ध २४ घण्टाभित्र समाधान गर्ने बताए पछि जेलेन्स्कीद्वारा प्रतिक्रिया

इनेप्लिज २०८० वैशाख ३१ गते १३:१९ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत शनिबार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भए २४ घण्टाभित्र युक्रेनमा युद्ध अन्त्य गर्ने भनाइ प्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।

जेलेन्स्कीको रोम भ्रमणको क्रममा उनलाई एक पत्रकारले ट्रम्पको टिप्पणीको प्रतिक्रियाको लागि सोधे, जसमा जेलेन्स्की यस्तो जवाफ दिए र भने: “(ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा) युक्रेनमा पूर्ण-स्तरीय आक्रमण थिएन, तर त्यहाँ युद्ध थियो। युक्रेनमा पहिले नै रुसी आक्रमण थियो। क्राइमिया कब्जा गरिएको थियो, डोनबासको एक भाग कब्जा गरिएको थियो।

म पक्का छैन कि उहाँ यस मामिलामा गहिरो संलग्न हुनुहुन्थ्यो, तर, यद्यपि उहाँले यो मुद्दा हल गर्नुभएन। म पक्का छैन कि यो उहाको लागि प्राथमिकता थियो। मैले उहाँलाई कुनै आरोप लगाएको छैन। तर हामीसँग तथ्यहरू छन्। र ,हामीले तिनीहरूलाई हेर्नु पर्छ, “जेलेन्स्कीले भने।

ट्रम्पले बुधबार सीएनएन टाउन हल(नगर सभा )मा युक्रेनमा रुसको युद्ध एकै दिनमा टुङ्ग्याउने बताएका थिए । “म चाहन्छु कि सबैले मर्न नपरोस्। रूसी र युक्रेनीहरू मरि रहेका छन् । म चाहन्छु कि तिनीहरू मर्न नपरोस्, “उनले भनेका थिए ।

जेलेन्स्कीले पनि रोममा पत्रकारहरूलाई भने: “(ट्रम्प) राष्ट्रपति थिए; म पनि राष्ट्रपति थिएँ । युक्रेनको दुई भाग कब्जा गरियो। यो समस्याको समाधान कसैले गरेन । यो मुद्दा ट्रम्पको होइन ।

प्रतिक्रिया