एकल कवितावाचन तथा लीलालेखन विमर्श कार्यक्रम सम्पन्न

जगन्नाथ पौडेल २०८० वैशाख ३१ गते १:५१ मा प्रकाशित

मे महिनाको ७ तारिख आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रको संयोजन र च्याप्टरहरुको आयोजनामा नर्थ क्यारोलोना, बोष्टन, भर्जिनिया, वाशिंगटन डीसी, न्युयोर्क र वोहायो राज्यमा गर्न लागेको “कविता यात्रामा तुलसी दिवस” कार्यक्रमअन्तर्गत भर्जिनियाको कार्यक्रम सम्पन्न भयो । बुलरन पुस्तकालय मनाससमा भएको सो कार्यक्रमको पहिलो चरणमा डा. रत्नमणि नेपालको लीलालेखनसम्बन्धी कार्यपत्र प्रस्तुत गरियो भने दोस्रो चरणमा डीसी र मेरिल्यान्डका कविहरूको कविता प्रस्तुत गरियो र तेस्रो चरणमा कवि तुलसी दिवसको एकल कवितावाचन कार्यक्रम गरियो ।

एकल कवितावाचनको क्रममा तुलसी दिवसले वर्तमानका साहित्यिक प्रवृत्तिहरूको पनि चर्चा गर्दै कलासाहित्य सधैं नयाँ बाटोतर्फ हिंड्छ, र यसको व्याख्या गर्न सबै पाठकहरू स्वतन्त्र रहन्छन् भन्ने धारणा प्रस्तुत गर्नुभयो । साहित्यिक रचनाले सबैलाई फरकफरक प्रभाव पर्छ उहाँले भन्नुभयो । डा. रत्नमणि नेपालले लीलालेखनको अवधारणा प्रस्तुत गर्दै जीवनमा पनि लीला भइरहने बताउनु भयो । हामीले वस्तुयथार्थ नबुझेर धारणामात्र बुझ्छौं । व्यक्तिमा जस्ता किसिमका सूचना छन् त्यहीअनुसार वस्तुलाई बुझ्दछ । लीलालेखनको आग्रह नेपाली मौलिक सिध्दान्त प्रतिपादन गर्नु हो उहाँको भनाइ थियो । साथै उहाँले आधुनिकलेखन नेपाली लेखनकै सापेक्षतामा खोजिनुपर्ने बताउँदै साहित्यकार इन्द्रबहादुर राईले लीलालेखनमा विशिष्ट योगदान गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा अनेसास बीओटीका सचिव नारायण अधिकारीले लीलालेखन र लीलालेखक रत्नमणि नेपालको संक्षिप्त चर्चा गर्नुभएको थियो । दोस्रो चरणमा कवि जगन्नाथ पौडेल, सुदीपभद्र खनाल र सहदेव कोइरालाले कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रम अनेसास डीसी च्याप्टरका अध्यक्ष पुष्कर पन्तको अध्यक्षतामा भएको थियो भने अनेसास डीसी च्याप्टरका महासचिव नीलकण्ठ सुवेदीको सञ्चालन र उपाध्यक्ष कवीन्द्र सिटौलाको स्वागत् मन्तव्य रहेको थियो । कार्यक्रममा अनेसास पुरस्कार समितिका उपसभापति तीर्थ राज पाण्डे, अनेसास बीओटीका महासचिव प्रकाश नेपाल अनेसास केन्द्रीय सदस्य सुदीपभद्र खनाल अनेसास सल्लाहकार एवम् अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोबिन्द गिरी प्रेरणा, अनेसास विओटी पुरस्कार समितिका पूर्व अध्यक्ष प्रा. डा. गोपी उप्रेती, अनेसास बीओटी पूर्व उपसभापति पुरू सुवेदी, अनेसास केन्द्रीय कार्य समिति पूर्व अध्यक्ष बसन्त श्रेष्ठ, अनेसास केन्द्रीय कार्य समितिका पूर्व अध्यक्ष भीम रेग्मी, वरिष्ठ साहित्यकार कृष्ण धरावासी, साहित्यकार डा. मुकुन्द पथिक, परशु तिमल्सिना, इन्जाका अध्यक्ष एवं अनेसास डीसी च्याप्टर पूर्व महासचिव गुणराज लुइटेल, समाजसेवी एवं इनेप्लिजका पत्रकार विश्वराज थापा, नेपाली पोष्टका पत्रकार गिरिष पोख्रेल, सगरमाथा टेलिभिजनका पत्रकार राम खरेल डीसी नेपालका प्रतिनिधि कवीन्द्र सिटौला, परसुराम भण्डारी, अनेसास मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पूजा चन्द, महासचिव सहदेव कोइराला, दीपक मुडभरी, साहित्यकार तारा पराजुली, भैरवप्रसाद ढकाल, विवेक ढकाल, लेखनाथ भण्डारी, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष जानुका ओझा, साहित्यकार नीरा शर्मा, सन्ध्या जोशी, मन्जु विमली, रामशरण हुमागाई, मणि भट्टराई, गीता सिग्देल, भुवनप्रसाद सिग्देल, अर्जुनप्रसाद सिग्देल, बालकवि प्रसून पौडेल तथा साहित्यकार एवं साहित्य प्रेमी विद्या श्रेष्ठ, सर्वेश पण्डित, सरला वाग्ले, राधा क्षेत्री, भैरव क्षेत्री, जगदीशनाथ पराजुली, रमला पराजुली, चन्द्र विष्ट, राज न्यौपाने, विवश काफ्ले, कस्मिता कार्की अनेसास डीसी च्याप्टरका उपाध्यक्ष सुनिता खत्री, सदस्य मनीष पोखरेल, पुष्पा खनाल, लोककुमारी सुवेदीलगायत पचासभन्दा बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अन्तमा नेपालीहरूद्वारा स्थापना गरिएको एभरेष्ट क्रेडिट युनियको दोस्रो साधारण सभा आगामी २७ मे २०२३ शनिवारका दिन बिहान ११.०० बजेदेखि Hotel Wyndham Garden 10800 Vandor Ln. Manassas VA 20109 मा सञ्चालन हुने कुरा युनियनका कार्यक्रम संयोजक राम खरेलले जानकारी गराउँदै कवि तथा साहित्यकारहरूका खातिर विशेष समय उपलब्ध गराउने भन्दै सबैको उपस्थितिको लागि निमन्त्रणासमेत गर्नुभयो ।

जगन्नाथ पौडेल, अनेसास

प्रतिक्रिया