सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्छ – नेता कोइराला

इनेप्लिज २०८० वैशाख ३० गते २०:५९ मा प्रकाशित

विराटनगर,३० वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नु पर्ने धारणा व्यक्त्त गर्नु भएको छ ।

सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उहाँहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त्त गर्दै भत्रुभयो, “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् , यसमा नेपाली कांग्रेस गम्भीर छ , तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”

त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शीर निहुरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरुको हक अधिकारका लागि पार्टी र सरकारमा लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल लगायतले बोल्नुभएको थियो । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन भएको छ ।

प्रतिक्रिया