मोरङमा हाइटेन्सन लाइनको टावरमा चढेका युवा आश्वासन पछि ओर्लिए

इनेप्लिज २०८० वैशाख ३० गते १३:१४ मा प्रकाशित

विराटनगर, ३० वैशाख । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ्ग पर्खालको निमार्ण कार्य रोक्नुपर्ने माग राख्दै हाइटेन्सन प्रसारण लाइनको टावरमा चढेकोमा आज अपरान्ह आश्वास पछि ओर्लेका छन् ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले सोही स्थानमा आएर माग सम्वोधन गर्ने आश्वासन दिएपछि ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवन्धक प्रहरी नाउव उपरीक्षक ररञ्जकुमार दाहालले जानकारी दिनु भयो ।

माझी पर्खाल निर्माण कार्य रोक्नु पर्ने भन्दै आज विहान करीव छ बजे टावरमा चढेका स्थानीयवासीले जनाएका थिए ।

माझीलाई तल आउन र माग सम्वोधन गर्ने सम्वन्धमा पालिकाका उपाध्यक्षसँग कुराकानी भएको जानकारी दिई सम्झाउँदा समेत तल आएका थिएनन् ।

बुढीगंगा –७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ पर्खाल निर्माणको गुणस्तरमा प्रश्न गर्दै उक्त कार्य रोक्नु पर्ने माझीको माग रहेको छ।

प्रतिक्रिया