पहिचानवादीले निशेषको राजनीति गर्नु हुँदैन–मन्त्री लिम्वु

इनेप्लिज २०८० वैशाख ३० गते १३:०९ मा प्रकाशित

विराटनगर,३० वैशाख । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वुले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश सभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नु भयो ।

मन्त्री लिम्वुले नेपाल वहुजाती, वहुभार्षिक , वहुधर्मिक जात समुदाय वस्ने फुलवारी भएकोले नेपालीवीच मिलेर वस्ने वातावरण वनाउन गम्भिरतापूर्वक सोच्नु पर्ने सबैपक्षसँग आग्रह गर्नु भयो ।

उहाँले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने छ भन्दै यस सम्वन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भिरतापूर्वक सोच्नु पर्नेमा जोड दिनु भयो ।

मन्त्री लिम्वुले पहिचानवादीले उठाएका माग ‘एड्रेस’ गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डो¥याउन सकिने धारणा राख्नु भयो ।

एक प्रश्नको जवाफमा मन्त्री लिम्वु मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरि पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

उहाँले खेलकूदका प्रशिक्षकहरु विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवा समेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी वजेट पछि व्यवस्थापन गरिने जानकारी दिनु भयो ।

प्रतिक्रिया