विराटनगर, ३० वैशाख । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ्ग पर्खालको निमार्ण कार्य रोक्नुपर्ने माग राख्दै हाइटेन्सन प्रसारण लाइनको टावरमा आज चढेका छन् ।
गाउँपालिका अध्यक्ष जित नारयण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो माग सम्बोधन नगरेमा आत्मदाह गर्ने बताएका छन् ।
माझीलाई प्रशारण लाइनवाट तल आउन र माग सम्वोधन गर्ने सम्वन्धमा पालिकाका उपाध्यक्षसँग कुराकानी भएको जानकारी दिई सम्झाउँदा समेत टावरबाट अहिलेसम्म तल नआएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिनु भयो ।
अध्यक्ष र उपाध्यक्ष एक कार्यक्रमका लागि धनकुटामा रहेको प्रहरीले जनाएको छ ।
माझी आज विहान छ बजे प्रशासन लाइनमा चढेको स्थानीयले बताएका छन् ।
बुढीगंगा वडा नं ७ का वडाअध्यक्ष पंकज थारु चौधरीले माझी करिब ३० मिटर उचाइमा रहेको प्रसारण लाइनको टावरमा चढेको बताउनु भयो ।
युवालाई तल झर्न हामीहरुले पहल र प्रयत्न गरिरहेको छौं तर मानेका छैनन् ।
वडाअध्यक्ष थारुका अनुसार बुढीगंगा –७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ पर्खाल निर्माणको गुणस्तरमा प्रश्न गर्दै उक्त कार्य रोक्नु पर्ने माझीको माग रहेको छ।
प्रतिक्रिया