विराटनगर,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नक्कली भुटानी शरणार्थी घटनाका दोषीलाई अविलम्व कारवाहीको माग गरि आज यहाँ ज्ञापन पत्र वुझाएको छ ।
राप्रपा जिल्ला अध्यक्ष माधवप्रसाद आचार्य,केन्द्रीय सहायक प्रवक्ता दिनेश शाहको नेतृत्वमा गएको एक टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आज यहाँ ज्ञापन पत्र वुझाएको छ ।
यस अघि कार्यालय अगाडि भएको कोण सभामा सहायक प्रवक्ता शाहले नक्कली भुटानी शरणार्थी काण्डका दोषी कारवाही गर्नुपर्ने अन्यथा जनताको साथलिई सडक आन्दोलन गर्ने बताउनु भयो ।
जिल्ला अध्यक्ष आचार्य र महिला नेतृ गीता कोइरालाले प्रहरीलाई स्वतन्त्र, निश्पक्ष र दवाव रहित वातावरणमा नक्कली भुटानी शरणार्थीका घटनाको अनुसन्धान कारवाही गर्नुपर्ने बताउनु भयो ।
उहाँहरुले विगतका ठूलठूला भ्ष्टाचार काण्डका फायलहरु अनुसन्धान गर्नुपर्ने र विसं २०४६ पछिका सम्पूर्ण उच्च पदस्थ नेता एवं कर्मचारीहरुको सम्पत्ति छाविन गरी अवैध सम्पत्ति जफत गर्न माग गरिएको छ।
प्रतिक्रिया