विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगमा लागेको आगलागी नियन्त्रणमा

इनेप्लिज २०८० वैशाख २९ गते ११:२६ मा प्रकाशित

विराटनगर,२९ वैशाख । मोरङको वुढीगंगा–५ मा रहेको राठी म्यानुफेक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ।

विद्युतीय सामाग्री उत्पादन गर्ने उक्त्त उद्योगमा विद्युत सर्ट भएर आगलागी हुनसक्ने अनुमान प्राविधिकहरुले गरेका छन् ।

मोरङ, सुनसरी, झापाका १२ वटा दमकल लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिनु भयो ।

आगलागीवाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामाग्री जलेर नष्ट भएको छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छ्रैन ।

प्रतिक्रिया